मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आजदेखि चितवनमा घुँडाको उपचार सम्बन्धि आधारभूत गोष्ठी

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३०, २०७४



  • चितवनमा शुक्रबारदेखि घुँडाको उपचार सम्बन्धि दुई दिने आधारभूत गोष्ठी सञ्चालन हुनेभएको छ ।

    दिग्गज र अनुभवी अर्थोपेडिक सर्जनहरुले क्यामेराको प्रयोगबाट गरिने अत्याधुनिक आर्थोस्कोपिक सर्जरी सम्बन्धि सिप र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको नेपाल आर्थोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डेले जानकारी गराए।

    गोष्ठीमा आर्थ्रोस्कोपिक सर्जरीका पछिल्ला उपलब्धिहरुबारे सैद्धान्तिक ज्ञान आदानप्रदान गरिनुका साथै प्रयोगात्मक अभ्यासहरु समेत गरिने बताइएको छ। जस अन्तर्गत बिशेषज्ञ अर्थ्रोपेडिक आर्थ्रोस्कोपिक सर्जनहरुले ड्राइल्याब बिधिबाट (कृतिम घुँडामा अर्थ्रोस्कोप प्रयोग गरी गरीने) तथा साच्चैका बिरामीहरुको आर्थ्रोस्कोपिक सर्जरी गरी ज्ञान आदान प्रदान गरीने जनाइएको छ।

    कार्यक्रममा आर्थ्रोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डे, संघका महासचिव डा. अर्जुन लामिछाने, डा. रूपेश वैद्य, तथा आर्थ्रोस्कोपिक संघ चितवन च्याप्टरका डा. सुदिप मान बैद्य र डा. अर्जुन श्रेष्ठ लगायतले फ्याकल्टीका रुपमा कार्यपत्रहरु प्रस्तुत गर्ने र ह्याण्डस् अन अभ्यास गराउने कार्यक्रम छ।

    त्यसैगरी, आर्थ्रोस्कोपि संघका डा. बिनोद शेरचन ,डा. चन्द्र बहादुर मिश्र, डा. नागमणि सिं, डा. श्रवण थापा लगायतको पनि उपस्थिति रहनेछ।

    नेपाल आर्थोस्कोपि संघ तथा आर्थोस्कोपिक संघ चितवन च्याप्टरको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको गोष्ठीमा देशभरका ३० जना भन्दा बढी अर्थोपेडिक सर्जनहरुको सहभागिता हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij