मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर खेल्दै १२१ रन बनायो।
उसका लागि नलिन डे सिल्भाले सर्वाधिक ३९ रनको योगदान दिए। विरेनदिप जगजित सिंहले २५ तथा मोहमोद इजातले १६ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए। ८ ओभर बलिङ गरेका ऐरीले २९ रन खर्चिएका हुन्। पवन सर्राफले २ विकेट लिए भने १० ओभर बलिङ गरेको सन्दिप लामिछानेले १ विकेट लिए। साहब आलम र रोहितकुमार पौडेलले समान १-१ विकेट लिए।
