प्रकाशित मिति : सोमवार, अशोज २, २०७४
स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति रोनाल्डो बिनै मैदान उत्रिएको रियल मड्रिड विजयी भएको छ। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराउँदै हो । रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरेका थिए।
यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल सोसिडाडलाई उपहार दिए।
रोनाल्डो बिनै मैदान उत्रिएको रियल मड्रिडले खेलको १९ औं मिनेटमा मायोरलको गोलबाट अग्रता लियो। खेलको २८ औं मिनेटमा रोड्रिग्वेजको आत्मघाती गोलले रियल सोसिडाड बराबरीमा फर्कियो।
तर ३६ औं मिनेटमा रोड्रिग्वेजलेनै गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए। पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गर्दै ३–१ को जित दिलाए।
गएरातिको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा सकिएको छ। चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ।१० अंकसहित सेभिल्ला दोस्रो तथा सतप्रतिशत नतिजा निकालेको बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij