आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित, चेल्सी र आर्सनल बराबरी

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित हात पारेको छ ।

    घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ४-० को जित हात पारेको हो ।

    म्यान्युको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे ।

    जितपछि म्यान्युको ५ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भए पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ ।

    पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८ औं स्थानमा झरेको छ ।

    यसैगरी गएराति नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।

    साबिक विजेता चेल्सी घरेलु मैदानमा भएको खेलमा आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

    खेलको ८७ औं मिनेटमा रातो कार्ड खाँदै डेविड लुइज मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

    पाँच खेलबाट १० अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ । सात अंक मात्रै जोडेको आर्सनल १२ औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij