आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिफा अवार्डको अन्तिम मनोनयनमा मेसी, रोनाल्डो र नेइमार

  • प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४



  • फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्ष २०१७का उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अन्तिम मनोनयन शुक्रबार सार्वजनिक गरेको छ।

    फिफाले सार्वजनिक गरेको पुरुष खेलाडीको मनोनयनमा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी, रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमार छन्।

    मेसीले अहिलेसम्म पाँच पटक र रोनाल्डोले चार पटक यो अवार्ड जितिसकेका छन् । नेइमारले भने अहिलेसम्म अवार्ड जित्न सकेका छैनन्। अवार्ड आगामी २३ अक्टोबरमा आयोजित हुने समारोहमा सार्वजनिक गरिनेछ।

    गत सिजनमा गरेको प्रदर्शनको आधारमा उकृष्ट खेलाडी घोषणा गरिने फिफाले जनाएको छ।

    मेसी र नेइमारले गत सिजन बार्सिलोनाबाट खेलेका थिए भने रोनाल्डोले रियल म्याड्रिडबाटै खेलेका थिए।

    मेसीले गत सिजन बार्सिलोनाबाट सबै प्रतियोगितामा ५२ खेल खेलेर ५४ गोल गरेका थिए। यता नेइमारले ४५ खेलबाट २० गोल गरेका थिए। यद्यपी, मेसी र नेइमारको बार्सिलोनाले ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन।

    ४६ खेलमा ४२ गोल गरेका रोनाल्डो रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग दुबैको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए।

    अन्य विधाको मनोनयन

    महिला खेलाडी

    डेएना कास्टेलानोस (भेनेजुएला) – फ्लोरिडा

    कार्ली लोयड (अमेरिका) – म्यानचेस्टर सिटी

    लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना

    पुरुष प्रशिक्षक

    मासिमिनियानो एलेग्री (इटाली) – युभेन्ट्स

    एन्टोनियो कोन्टे (इटाली) – चेल्सी

    जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड

    महिला टिमको प्रशिक्षक

    लिन्स नेलेसेन (डेनमार्क) – डेनमार्क राष्ट्रिय टिम

    जेरार्ड प्रेचेउर (फ्रान्स) – ‌ओलम्पिक लियोनास

    सारिना विग्मान (नेदरल्यान्ड्स) –  नेदरल्यान्ड्स राष्ट्रिय टिम

    गोलकिपर

    बुफोन (इटाली) –  युभेन्ट्स

    केलर नाभास (कोस्टारिका) – रियल म्याड्रिड

    म्यानुयल नेउर (जर्मनी) – वायर्न म्युनिख

    पुस्कस अवार्ड

    केभिन प्रिन्स बोएटिङ – लास पालमास

    अलेजेन्द्रो कामार्गो – युनिभर्सिडाड

    डेना कास्टालानोस – भेनेजुएला यू–१७

    माउसा डेम्बेले – सेल्टिक

    ओलिभर जिरुड – आर्सनल

    एभिलेस हार्टाडो – जिजुएना जोलोस

    मारियो मिन्जुकिक – युभेन्ट्स

    अस्कारिन कासुलुके – कारेका एफसी

    नेमेन्जा माटिक – चेल्सी

    जोर्डी एमबोउला – बार्सिलोना यू–१९

    फ्यान अवार्ड

    बोरुसिया डर्टमुन्ड समर्थक

    सेल्टिक समर्थक

    एफसी कोपेनहगेन समर्थक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij