शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

“म महिला भन्दा पनि नेपाल प्रहरी हुँ ” – एस.पि दुर्गा सिङ ( भिडियो )

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • निलम ओली , दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएको दुई महिना नपुग्दै जुवा, अबैध काठ तस्करी,समाजमा बिकृती फैलाउने गतिविधि र मोस्टवान्टेडहरुलाई कार्बाही गरेको उहाँले बताउनुभयो । त्यसैगरी यस जिल्लामा सवारी दुर्घटना बढी हुने भएकोले मादक पदार्थ सेबन गरि सवारी चलाउने सवारी चालकको लाईसेन्स प्वाल पारेर कार्बाही गरिने उहाँको भनाई छ ।

    सवारी दुर्घटना न्यूनीकरण जिल्ला प्रहरि कार्यालयको प्रमुख योजना भएको उहाँको भनाइ छ । यसै बिजया द्शमीको अवसरमा जिल्लामा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले युनिफम र साधा पोसाकमा प्रहरी परिचालन गरिने छ । बिशेष गरि चाडपर्बको समयमा राजमार्गमा अपराधीक गतिविधि र चोरीलाई नियन्त्रण गर्ने मुख्य योजना रहेको सिङले बताउनुभयो ।

    आफु नारी भएको कारण महिला हिंसा , घरेलुु हिंसा निर्मुल पार्नु उहाँको मुख्य उदेश्य रहेकोे उहाँले बताउनुभयो । आफु महिला भन्दा पहिले प्रहरी भएको र आफुले पुरुष प्रहरी जत्तिकै योग्यता र तालिम पाएको उहाँको भनाइ छ ।

    अपराधीलाई कार्बाही गर्न कुनै सम्झौता नहुने उहाँको भनाइ छ । बालबिबाह,बहुबिबाह ,घरेलु हिंसा ,अबैध गर्भपतन जस्ता समाजका समस्यालाई समाधान गर्न बार्है महीना आफु खट्ने र छोरिलाई शिक्षाबाट बन्चित गर्ने अभिभावकलाई कडा कार्बाही गर्ने सिङले बताउनुभयो ।

    उहाँले आउदै गरेको बिजया दशमी दिपावली र छड्पर्बको अबसरमा सबै नेपालीहरुलाई शुभकामना दिदै चाडपर्बको समयमा कुनै पनि प्रकारको घटना घटेमा वा समस्या परेमा १०० फोन गरि प्रहरी लाई जानकारी गराउन र समाजमा घटना घटन तथा अपराधीलाई पक्राउ गरि कार्बाही गराउन सहयोग गर्न अनुरोध गर्नुभएको छ र सहयोग गर्नेको नाम गोप्य राखिने उहाँले जलजलाखबरसँग बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij