आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेइमारको दैनिक पारिश्रमिक १ करोड २३ लाख

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • सर्वाधिक रकम सम्झौतामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका ब्राजिलियन फरवार्ड नेइमारको पारिश्रमिक सार्वजनिक भएको छ।

    फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्का मार्फत सार्वजनिक गरेको प्रतिवेदन अनुसार पिएसजीमा नेइमारको आम्दानी महिनाको ३० लाख ६९ हजार ५ सय २० युरो (३७ करोड ९३ लाख ४८हजार ९८ रुपैयाँ) रहेको दाबी गरिएको छ । यसको अर्थ नेइमारले एक घण्टामा चार हजार युरो (४ लाख ९४ हजार ३ सय ४१ रुपैयाँ) तथा एक दिनको एक लाख युरो (१ करोड २३ लाख ५८ हजार ५ सय ४७ रुपैयाँ) कमाउँछन् ।

    पिएसजीका स्टार ब्रालिलियन नेइमारले फ्रान्समा नयाँ घर पनि लिएका छन् । उनको घर पिएसजीको प्रशिक्षण केन्द्रबाट ९ किलोमिटर पर छ । उनको यो घरको भाडा महिनाको १४ हजार युरो (१७ लाख २९ हजार ५ सय ५४ रुपैयाँ) रहेको छ ।

    नेइमारले पिएसजीमा राम्रो सुरुवात गरेका छन् । उनले अहिलेसम्म पाँच गोल गरेका छन् भने पाँच गोलका लागि सहयोग गरेका छन् । तर पछिल्लो समय उनी लिग वान अन्तर्गत लियोनसँगको खेलमा पेनाल्टी प्रहारका लागि एडिसन काभानीसँग विवाद गरेको विषयले चर्चामा छन् ।

    फुटबल लिकले दाबी गरेअनुसार यही सिजन पिएसजीमा आबद्ध नेइमार पारिश्रमिकमा भने दोस्रो नम्बरमा परेका छन्।

    नेइमारभन्दा अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेजले गत वर्ष बढी पारिश्रमिक लिएका थिए। टेभेजले गत सिजन चाइनिज सुपर लिगमा साङ्घाइ सेनहुआबाट ३ करोड ८४ लाख युरो पारिश्रमिक लिएका थिए।

    टेभेज र नेइमारको तुलनामा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसीको पारिश्रमिक थोरै छ। त्यसैले नयाँ हुने सम्झौतामा मेसीको वार्षिक पारिश्रमिक ४ करोड युरो पुर्याउउन लागिएको फुटबल लिकले दाबी गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij