आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बार्सिलोना, चेल्सी र म्यान्चेस्टर युनाईटेडलाई सफलता, बायर्न पिएसजीसँग पराजित

  • प्रकाशित मिति : बिहिबार, अशोज १२, २०७४



  • काठमाडौं, असोज १२ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा चेल्सीले एलेटिको मड्रिडलाई २-१ ले हराएको छ ।

    स्पेनिस क्लव एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

    यसअघि एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानले पहिलो गोल गरेका थिए भने चेल्सीका अल्भारो मोराटाले बराबरी गोल गरेका थिए ।

    यही समुहको अर्को खेलमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई २-१ ले हराएको छ ।

    च्याम्पियन्स लिगअन्तर्गत समुह ए का खेलहरुमा म्यान्चेस्टर युनाईटेड र एफसी बाजल विजयी भएका छन् ।

    इङ्गलिस क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोलाई ४-१ ले हराँउदा स्विट्जरल्याण्डको एफसी बाजलले पोर्चुगलको बेनिफीकालाई ५-० ले पाखा लगायो ।

    समुह बि का खेलहरुमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले जर्मनीको बायर्न म्युनिखलाई ३-० ले हराँउदा स्कटल्याण्डको सेल्टिकले बेल्जीयमको एन्डरलेच्टलाई समान ३-० गोल अन्तरमै पराजित गर्‍यो ।

    यसैगरी समुह डि का खेलहरुमा बार्सीलोना र युभेन्टस विजयी भएका छन् ।

    स्पेनिस क्लव बार्सीलोनाले पोर्चुगलको स्पोर्टिङलाई १-० ले हराँउदा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसमाथि २-० को जित निकाल्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij