विकसित राष्ट्रमा त नसर्ने रोगको प्रकोप थियो तर अहिले अविकसित देशहरुमा पनि यसको प्रकोप बड्न थालेको छ । यो एउटा महामारीको रुपमा आउने स्थिति भइसकेको छ । मानिसहरुको जिवनशैलीमा आएको अस्वस्थकर परिवर्तनले यस्तो भएको हो ।यही कारणले गर्दा विश्वमुटुमहासंघले यसलाई जनचेतना जगाउने अवसरको रुपमा लिएर स्वस्थकर जिवनशैली अवलम्बन गर्ने,मुटु रोगबाट बच्ने तौरतीकाहरु प्रचारप्रसार गर्ने,मानिसहरुले जनचेतना फैलाउने भन्ने उद्धेश्यले विश्य मुटुदिवस मनाउने चलन चल्दै आएको हो । आज यो १८ औ विश्व मुटुदिवस हो । प्रत्येक साल एउटा–एउटा नारा लिएर यो दिवस मनाउने गरिन्छ । यो सालको नारा‘सेयर द पावर’(स्वस्थ जिनशैलीका अनुभव बाडौं) भनेर मनाइदैछ ।
यसमा के भनिएको छ भने ‘मुटुलाई स्वस्थकर बनाउनका लागि सबैभन्दा पहिला तपाइले नै स्वस्थकर जिवन बिताउनुस । स्वस्थकर जिवनशैलीका लागी अवलम्बन गरिएको तरिकाहरु अफुसँग मात्रै नराख्नुस अरुलाई पनि बताउनुस।’ यसको मतलब के गर्दाखेरी उसलाई राम्रो भएको छ भन्ने कुरा अरुले पनि सिकोस भन्ने हो । यसरी एउट–एउटा अनुभवको कुरा ग¥यो भने धेरै कुरा थाहाँ हुन्छ । मुटु जोगोउने प्रमुख पाँच टिप्सहरुमुटु जोगाउने धेरै कुराहरु भएपनि मुख्य पाँच कुराहरु महत्वपुर्ण छन् ।
१.सुर्ती र सुर्तीजन्य पदार्थ प्रयोग नगर्नेमुटु रोगको सबैभन्दा ठुलो कारक तत्व सुर्ती हो । यदी सुर्ती र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने हो भने ५० प्रतिशत मुटुका रोगहरु लाग्ने संभावना घट्छन् । त्यसैले ५० प्रतिशत कारण सुर्ती र सुर्तीजन्य पदार्थ नै हो ।
२.खानपान र आहाररोग लाग्ने अर्को कारण खानपान हो । २५ प्रतिशत कारक तत्व खानपान नै हो ।हामीले खाने कुरा मुटुमैत्री हुनुपर्छ । मुटुमात्रै होइनकी त्यो स्वास्थ्य मैत्री पनि हुनुपर्छ ।सबैभन्दा ठुलो कारक तत्व गुलीयो पदार्थ हो । पहिला–पहिला चिल्लो भन्ने गरिन्थ्यो । अहिलेको नया सिद्धान्त र अनुसन्धान अनुसार चिल्लोले भन्दा गुलीयोले मुटुलाई बढी असर गर्छ । गुलीयोले कोलस्ट्रोल बढाउछ । गुलीयोले सुगरको रोग बढाउछ,मोटोपना बढाउछ अनि यसले हृदयघात समेत गराउन सक्छ ।सबैभन्दा बढी गुलीयो खानेकुरामा बढी ध्यान दिनुपर्छ । मैदा,चामल,जंक फुडले मुटुलाई बढी असर गर्छ । चिल्लोमा फ्राई गरेको खानाले असर गर्छ ।फ्राइ नगरी चिल्लो हालेको खानाले धेरै असर गर्दैन । घ्यू,बटर,मासुमा भएको चिल्लोले धेरै हानी गर्दैन भन्ने कुरा पछिल्लो अनुसन्धानबाट प्रमाणित भएको छ । तर त्यही चिल्लोलाई तताएर डढाएर बारम्बर तताएर हामीले खानेकुरा खान्छौ भने त्यसले हानी गर्छ । बारम्बर तताइएको चिल्लो अर्कै खालको चिल्लोमा परिणत हुन्छ । जसलाई ‘ट्रान्सफ्याट’ भनिन्छ । हाम्रो खानामा जति बढी ट्रन्सफ्याट हुन्छ त्यती बढी मुटुलाई आघात पुग्छ । फाइबर भएको खानामा कमी भयो भनेपनि मुटुलाई असर गर्छ । हरियो सागसब्जी,गेडागुडी र अन्नमा फाइबर हुन्छ । बाहिरको बोक्रा नफाली बनाइएको अन्न पनि फाइबर युक्त हो । गहु,फापर लगायतका अन्नमा फाइबर हुन्छ । हामीलाई खानामा प्रोटीन चाहिन्छ ।मुटु बचाउनको लागि कार्बोहइड्रेटको सट्टा प्रोटीन चाहिन्छ । प्रोटीनयुक्त खाना भन्नाले माछा मासु,अण्डा,दुध लगायतमा जोड दिनुपर्छ । असन्तुलीत आहारले मुटुलाई असर गर्छ । खानामा प्रशस्त मात्रामा फाइबर हुनुपर्छ,प्रोटीन र भिटामीन हुनुपर्छ । अलिकति चिल्लो र अलिकति कार्बोहाइड्रेट हुनुपर्छ । यसलाई सन्तुलीत आहार भनिन्छ ।
३.शारीरिक गतिबिधिखानपान र आहार पछिको मुटुलाई स्वस्थ राख्ने शारीरिक गतिविधिले हो । मानिसले दैनिक कम्तिमा पनि तीस मिनेट शारीरिक गतिबिधि गर्नुपर्छ । अलिकति लम्कीएर मुटुको धडकन बड्ने गरी हिड्नपर्छ श्वास बड्ने गरी शरिरमा पसिना आउने गरी कुनै पनि किसिमको शारीरिक व्यायम गर्नुपर्छ । खेलकुदमा सहभागि भए पनि हुन्छ ।फुटबल,भलिबल,फौडीमा सहभागि हुनसकिन्छ । जुनसुकै एरोबीक किसिमको व्यायम आधा घण्टा ग¥यो भने मुटु स्वस्थ रहन्छ । आधा घण्टा व्यायम गर्दा जति मुटुलाई फाइदा हुन्छ त्यो एक घण्टा,दुई घण्टा,तिन घण्टा गरेपनि त्यसको फाइदा बड्दैन । जे काम गरेपनि शारीरिक गतिबिधि बढी गर्नुपर्छ । कही जानुछ भने हिडेर जानुपर्छ । मोटर चड्नको साटो फटाफट हिड्न सकिने ठाउमा हिडेको राम्रो हो । साइकल चलाएको पनि राम्रो हो ।
४.मानसिक स्थिति मानसिक तनावको स्थितिमा,मानसिक तनाव र उत्तेजनाको स्थितिमा हृदयघातको खतरा बड्छ । अहिले दुनीयमा मानिसहरुको धेरै मृत्यु हृदयघातकै कारणले हुन्छ ।त्यसपछि मस्तिष्कघातले गर्दा हुन्छ । मानसिक तनाव र आवेग(मेन्टल्ली स्ट्रेस र इमोशनल)ले प्रेसरलाई बढाइदिन्छ र मुटुको धडकन पनि बढाउछ । जसले गर्दा हृदयघात पनि हुन्छ । मानसिक तनावलाई बैज्ञानिकहरुले अलिकति कम अड्कलेको जस्तो मलाई लाग्छ । मानसिक तनावलाई साना कारणको रुपमा राखिएको छ । तर यसलाई ठुलो कारणमा राख्नुपर्छ । यदी मानिस मानसिक तनावमा छैन भने उसलाई सुगर,प्रेसरको खतरा कम हुन्छ । ‘स्ट्रेस’भएको बेलामा सानो प्रेसरले असर गर्न सक्छ सानो सुगरले पनि असर गर्न सक्छ । बढी तनावकै कारणले मान्छेलाई हृदयघात भएको थुप्रै उधाहरण छन् । मानसिक तनावको अवस्थामा भयो भने के गर्ने त ?मानिसलाई तनाव त हुन्छ । मानसिक तनाव हटाउनका लागि मानिसले आफ्नो आचरणमा परिवर्तन गर्नुपर्छ । मानसिक तनाव मेरो लागि हानिकारक छ भन्ने कुरालाई आत्मसाथ गरेर आचरण र सोचाइमा परिवर्तन ल्याउन पहल गर्नूृपर्छ । यसलाई कम गर्ने उपायहरु छन् । ड्ड मेडिटेसन गर्ने ड्ड प्रणायम गर्ने ड्ड नियमित व्यायम गर्नेड्ड आफुलाई परिवर्तन गर्ने समाज प्रतिको सोचाइमा अध्ययन गरेर कसरी तनावसँग जुध्ने भनेर उपाय अपनाउनुपर्छ ।ड्ड आवश्यक परेमा औषधीको पनि प्रयोग गर्नुपर्छ । तनाव भएर रातभरी अनिदो बस्यो भने त्यसले धेरै कुराको समस्या ल्याउछ ।
५.नियमित रुपमा स्वास्थ्य परिक्षणनियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ । सुगरको,कोलस्ट्रोल र प्रेसरको जाँच गर्नुपर्छ । कम्तिमा पनि यसको बर्षमा एकपटक परिक्षण गर्नूृपर्छ र यसमा समस्या रहेछ भने यसको उपचार गर्नुपर्छ । अन्य कारणहरुखानामा फलफुलहरु स्याउ,अनार,आल्मोन,बदाम,काजु,ओखर,माछाको तेल लगायतका मुटुमैत्री खानाहरु प्नि खानुपर्छ । लसुन,अदुवा,करेला र हरियो खानेकुराहरुमा बढी जोड दिनपर्छ । शरीरको तौल पनि नियन्त्रण गर्नुपर्छ । पेटमा लागेको बोसोले मुटुलाई बढी असर गर्छ । हाम्रो क्षेत्रमा धेरै पेट लाग्नेहरु छन् । समग्रमा मोटाेपना हुन भएन तर तौल अली बढी भएपनि पेटको साइज सामान्य हुनुपर्छ । अर्को कारण मुटुको लागि वातवरणीय प्रदुषण पनि हो । वातावरण प्रदुषण पनि एउटा कारक हो । यसले फोक्सोको रोग मात्रै बढाउने होइनकी मुटुको समेत समस्या ल्याउने कुरा प्रमाणीत भइसकेको छ । मान्छेमा प्रशन्नता हुनपर्छ । प्रशन्नता सहयोगी भावना,हाम्रो व्यवहार सकरात्मक हुनुपर्छ । सकरात्मक चिन्तन,सकरात्मक कार्य,मान्छेलाई सहयोग गर्ने,माया गर्ने,दान दिने,सामाजिक कार्यमा अग्रसर हुने, लगायतका आचरणले मुटुलाई फाइदा गर्छ । दुःखी नहुने,हसिलो हुने,रिजर्ब नबस्ने हुनुपर्छ । रिजर्ब मान्छे भन्दा आफ्नो कुरा पोख्ने बाहिर ल्याउने मान्छे बढी निरोगी हुन्छन् ।
मुटु रोग लागेको कसरी थाहाँ पाउने ?
मुटु रोग लागेको केही लक्षणहरु छन् । धेरै जसो मुटुरोगको लक्षणहरु देखिदैन । सुरुमा धेरै रोगको लक्षणहरु थाँहा हुदैन । नब्बे प्रतिशत मुटुका रोगहरुको लक्षणहरु देखिदैन । रोग बढेर धेरै भएपछि मात्रै लक्षण देखिन्छन्
१ पहिलो लक्षण भनेको छातीको बिच भागमा दुःख्नु हो । बिच भागमा पिडा हुने हो । त्यो पिडा परिश्रम गर्दा बड्ने आराम गर्दा घट्ने हुन्छ । परिश्रम गर्दा बड्ने प्रकृतिको पिडा पहिलो लक्षण हो ।
२ श्वास फेर्न गाह्राे हुन्छ । परिश्रम गर्दा दम बड्ने आराम गर्दा घट्ने हुन्छ । मुटु हल्लीने पनि मुटुरोगको कारक हो। साधारण मानिसले मुटु चलेको थाहाँ पाउदैन जब मुटु रोग लाग्न सुरु गर्छ त्यसपछि मुटु ढुकढुक गर्छ ।
३ खुट्टा सुन्नीने गर्छ । यस्तो हुनु भनेको ‘हार्ट फेल’को लक्षण हुनसक्छ ।
४ चक्कर लाग्ने हुन्छ ।भर्खर जन्मेको केटाकेटीमा बच्चा निलो हुने हुन्छ । बच्चा चिच्याउदा रुदा हात,खुट्टा,कान,नाक निलो हुने जन्मजात मुटु रोगको लक्षण हो ।
५ स्कुल जाने उमेरका केटाकेटीमा(५–१५ बर्ष उमेर)जोर्नीहरु दुख्ने र सुन्नीने हुन्छ । जसलाई बाथ ज्वरो पनि भनिन्छ ।यो मुटु रोगको लक्षण हो ।टन्सील बड्ने पनि मुटु रोगको लक्षण हो ।
६ खकारमा रगत आउनु पनि मुटु रोगको लक्षण हो
७ नियमित रुपमा स्वास्थ्य जाँच ग¥यो भने पनि मुटु रोगको लक्षण थाहाँ हुन्छ । व्लड प्रेसर सुगर,कोल स्ट्रोलको परिक्षण गर्नुपर्छ । छातीको एक्सरे,मुटुको इसिजि र पिसाबको बर्षमा कम्तीमा एक पटक परिक्षण गरे थाहाँ हुन्छ ।
नेपालमामुटु रोगको ट्रेण्ड परिवर्तन भएको छ। नेपालमा बीस प्रतिशत जनतालाई कुनै न कुनै रुपको मुटु रोग छ । सहरमा मुटु रोगीहरु अवश्य पनि बढी छन् । तर गाउमा पछिल्लो समयमा मुटुरोगीको संख्या बढेको छ । गाँउ पनि सहरीकरण भएको छ । सहरका बिकृतीहरु गाँउ पुगेका छन् । गाँउमा पनि जंक फुड खाने प्रवृत्ति बढेको छ । ‘ट्रेण्ड’कै कुरा गर्ने हो भने त मुटु रोग सहरबाट गाँउ पसेको छ । सम्पन्नबाट बिपन्नमा गएको छ । बृद्धबाट जवानमा गएको छ । धनीबाट गरिबमा गएको छ । पहिला सहरकालाई हुने,धनी,ऐश आराम गर्नेलाई हुने भन्ने थियो तर अहिले ठिक उल्टो भएको छ । अहिले गरिब राष्ट्रहरुमा पनि मुटु रोगीहरु बढेका छन् ।नेपालमा पनि बिपन्नहरुलाई मुटुको समस्या बढेको छ ।झण्डै–झण्डै एक तिहाइलाई उच्चरक्तचापको समस्या छ । तीनमा एक जना जवानलाई उच्चरक्तचापको समस्या छ ।बीस प्रतिशत जवानलाई उच्च कोलस्ट्रोल छ । १० प्रतीशत जवानलाई डाइभिटिज छ । हृदयघात सम्बन्धी( कर्नरीहार्टडिजिज)पाँच प्रतिशतलाई छ । बाथ मुटुरोगको समस्या एक प्रतिशत बालबालीकालाई रहेको छ । त्यस्तै संख्यामा जन्मजात मुटु रोगको समस्या छ ।
मान्छेमा चेतना त बढेको छ । अलिकति छाती दुख्यो भने जचाउन आउछन् ।बाया हात गरुङ्गो भयो भने पनि जचाउन आउछन् । केटाकेटीमा टन्सील भयो भने जचाउन आउछन् । यो पक्कै पनि जनचेतना जागरण भएको उधाहरण हो । तर जनचेतना बढेपनि मुटु रोगीको संख्या घटेको छैन । जनचेतना जागरण छ तर रोग बढेको छ । यो चेतनाले पुग्दैन । दस प्रतिशत मात्रै जनचेतना बढेको छ होला तर यसले मात्रै पुग्दैन । जनचेताको क्षेत्रमा अभै काम गर्नुपर्छ । हाम्रा होटल रेष्टुरेन्टमा चिल्ला नभएका खानेकुरा नै पाइदैन ।हाम्रो संरचना नै यस्तो भइसकेको छ। हामी बाध्य छौ । चेतना बढेपनि स्वस्थ जिवनशैली अबलम्बन गर्नका लागि समाजमा वातावरण तयार छैन । रोगको रोकथाममा लाग्नुपर्छ । उपचारमा त लाग्नै पर्छ । तर रोगको रोकथाममा धेरै लाग्नुपर्छ । यसका लागि सरकारले नै ध्यान दिनुपर्छ अरुले गरेर पुग्दैन । शिक्षमा,स्वास्थ्यमा,वातावरणमा,खानामा राम्रो निति कार्यक्रम बनाएर राष्ट्रिय स्तरमै काम गर्नुपर्छ । नेपालमा उपचारनेपालमा नब्बे प्रतिशत मुटुका रोगको उपचार हुन्छ । सबै खाले उपचार नेपालमा संभव छ । मुुटुनै फेर्ने काम भने सुरु भएको छैन । यसको पनि प्रयास भइरहेको छ । मुटुको बाइपास सर्जरी हुन्छ,मुटुको जटिल सल्यकृया हुन्छ । एन्जीयोप्लाष्टिक भइरहेको छ,पेसमेकर राख्ने काम भएको छ । काठमाडौंबाट यो सेवा जिल्लातिर गइरहेको छ।उपचारको लागि दिल्ली लगायतका ठाउमा जानु पर्दैन । चिकित्सकहरु प्नि धेरै भइसकेका छन् । मुटुका विशेषज्ञ चिकित्सकहरु यही तयार हुन्छन् । प्रत्येक बर्ष दस जना मुटुरोग विशेषज्ञ नेपालमा उत्पादन हुन्छन् । यो ठुलो फड्को हो । प्रस्तुतीःसन्जिब बगाले
