आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकपमा छानिएला अर्जेन्टिना? भोलि हुँदैछ फैसला

  • प्रकाशित मिति : सोमवार, अशोज २३, २०७४



  • फुटबल स्टार लियोनल मेस्सीको टिम अर्जेन्टिनाको विश्वकप सहभागिताको फैसला मंगलबार बिहान हुने भएको छ।

    नेपाली समयअनुसार मंगलबार बिहान ५:१५ मा हुने इक्वेडरसँगको खेल जितेमा अर्जेन्टिनाको विश्वकप सम्भावना बाँकी रहने छ। तर, जीत निकाल्न नसकेमा रसिया विश्वकपमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ। दक्षिण अमेरिकी देशहरूबाट अंक तालिकामा माथिल्लो स्थानमा रहेका चार टिम विश्वकपका लागि छनोट हुनेछन्।

    पेरूसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना छैटौं स्थानमा छ। इक्वेडरसँगको खेल अर्जेन्टिनाका लागि छनोट चरणको अन्तिम खेल हो। त्यसैले यही खेलले अर्जेन्टिनाको बाँकी बाटो तय गर्ने छ।

    चौंथो र पाँचौं स्थानमा रहेका पेरू र कोलम्बियाबीचको खेल पनि यही समय हुँदैछ। यही समय पहिलो र तेस्रो स्थानमा रहेका ब्राजिल र चिलीबीच पनि प्रतिस्पर्धा हुँदैछ। ३८ अंकसहित ब्राजिल यसअघि नै छनोट भइसकेको छ। २८ अंकसहित दोस्रो स्थानमा रहेको उरूग्वेलाई बिहान हुने बोलिभियासँगको बराबरी नै पर्याप्त हुनेछ।

    तेस्रो र चौंथो स्थानमा रहेका चिली र कोलम्बियाको समान २६ अंक छ। पाँचौ स्थानमा रहेको पेरूको र छैटौं स्थानमा रहेको अर्जेन्टिनाको २५-२५ अंक छ। कोलम्बियाले पेरूलाई हरायो भने अर्जेन्टिनाका लागि इक्वेडरसँग बराबरी नै छनोटका लागि पर्याप्त हुने छ। तर, यसका लागि २४ अंकसहित सातौं स्थानमा रहेको पाराग्वेले पनि भेनेजुएलासँग बराबरी वा हार व्यहोर्नु पर्छ।

    भोलिको खेलमा चिली र कोलम्बिया दुवै दुई गोल अन्तरले पराजित भए भने पनि अर्जेन्टिना बराबरी खेलेर छनोट हुनसक्छ। अर्जेन्टिना शीर्ष चारमा पर्न सकेन भने उसका लागि पाँचौ स्थानमा रहँदे प्ले अफ मार्फत विश्वकपको बाटो तय गर्ने सम्भावना बाँकी हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij