शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कपडा गहना होइन, यहाँ दुलहाले दाइजोमा पाउँछन् २१ विषालु सर्प

  • प्रकाशित मिति : मङ्लबार, अशोज २४, २०७४



  • विवाहमा महिलाको घरबाट पुरुषको घरमा विभिन्न उपहार दिइनछ । घरको सामानदेखि गर–गहनासम्म, आमाबुवाले आफ्नी छोरीलाई विभिन्न सामान दिने गर्दछन् । तर एउटा यस्तो समाज पनि छ जहाँ छोरीको विवाहमा घरको सर–सामान नभई सर्प दिइन्छ, त्यो पनि विषालु । हो । यो कुनै ठट्टा होइन । यो परम्परा शताब्दिदेखि चल्दै आएको छ ।

    सर्प पूरा नदिए विवाह टुट्ने सम्भावनाः

    भारतको मध्य प्रदेशको गौरिया समुदायमा यो परम्परा निकै वर्ष पहिलेदेखि चल्दै आएको छ । यहाँ बुवाले आफ्नी छोरीको विवाहका बेला २१ विषालु सर्प दिन्छन्, यदि कसैले यस्तो गर्न असफल भए त्यो विवाह टुट्ने पनि गर्दछ । यहाँ सर्पलाई दाईजोको रुपमा नै दिइन्छ ।

    यसकारण उपहारमा दिइन्छन् सर्पः

    गौरिया समूदायका मानिसहरु विषालु सर्प समात्ने काम गर्दछन् । यही नै उनीहरुको आयश्रोत हो । विषालु सर्प देखाएर उनीहरु मानिसहरुसँग पैसा माग्छन् । त्यसकारण बुवाले छोरीलाई विवाहका बेला विषालु सर्प उपहारस्वरुप दिने गर्दछन् ता कि ज्वाईंले ती सर्पको प्रदर्शन गरेर उनीहरुको छोरीलाई भरण पोषण गर्न सकून् । छोरीको विवाह निश्चित भएलगत्तै उपहारका लागि सर्प समात्न सुरु गरिन्छ ।

    निकै विषालु हुन्छन् यी सर्पः

    दिइने सर्पमा कुनै त निकै विषालु पनि हुन्छन् जसले एकपटक टोके मानिस बच्ने सम्भावना निकै कम हुन्छ । यस्ता विषालु सर्पलाई यी मानिसहरु धेरै वर्ष पहिलेदेखि नै समात्दै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij