आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय मूलकी ११ वर्षीया बालिका बनिन् ‘योङ्ग साइन्टिस्ट’

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३, २०७४



  • वासिंटन, कात्तिक ३ । अमेरिकामा बस्दै आएकी भारतीय मूलकी ११ वर्षीया बालिका गीताञ्जली राव अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी छन् ।

    गीताञ्जलीले पानीमा सीसाको प्रदूषण पत्ता लगाउने सस्तो र नयाँ तरिका पत्ता लगाएकी हुन् । उनले बनाएको उपकरण कार्बन नैनोट्युब्सले पानीमा सीसा भए÷नभएको पत्ता लगाउने छ ।

    अब उनले विज्ञानको क्षेत्रमा आफ्नो विचार विकसित गर्न तीन महिना शीर्ष वैज्ञानिकहरुसँग बसेर अनुसन्धान गर्ने मौका पाएकी छन् । अमेरिकाका हजारौं जलसम्पदा सीसाका कारण प्रदुषित बनिरहेका बेला उनले बनाएको उपकरणले पानीमा सीसाको प्रदूषण कम गर्न सहयोग पुग्ने देखिएको छ ।

    उनले पत्ता लगाएको विधिअनुसार मोबाइलमा उक्त उपकरण जडान गरी पानीमा राखेर सीसाको मात्रा पत्ता लगाइने छ । उनले सो खोज अमेरिकाको मिशिगन प्रान्तको फिलन्ट शहरमा सन् २०१५ र १६ मा भएको जल प्रदूषणबाट प्रेरित भई गरेको बताएकी छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij