मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

समानुपातिक र समावेशी सिद्धान्तको मूलमर्मलाई ध्यान दिनोस् : प्रमुख आयुक्त

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३, २०७४



  • काठमाडौं, कात्तिक ३ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाबाट पूर्णसहयोग र सद्भावको अपेक्षा गरिएको बताएका छन् ।

    शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन्–‘उम्मेदवारी मनोनयन दर्ता गर्दा र निर्वाचन प्रसार–प्रसारमा रहँदा शान्तिपूर्ण र आचारसंहिताको पूर्णपालना गर्न/गराउन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारहरुसँग हार्दिक अनुरोध गर्दछ ।’

    आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी छनोट गर्दा संविधानको भावनाअनुरूप समानुपातिक र समावेशी सिद्धान्तको मूलमर्मलाई ध्यान दिनसमेत राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले सुझाव पनि दिएका छन् ।

    पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

    उनले सन्देशमा भनेका छन्–‘नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कुल ७५३ ओटा स्थानीय तहको निर्वाचन सम्पन्न भइ लोकतन्त्रको बलियो जग खडा भएको छ । अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर र समृद्ध देश निर्माण गर्नुछ ।’

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मतदातामा दीपावली, छठपर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि आयोगको तर्फबाट उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij