प्रकाशित मिति : मङ्लबार, कार्तिक ७, २०७४
भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप-२०१७ मा आज नेपालले श्रींलकाको सामना गर्ने भएको छ।
लगातार दोस्रो हार बेहोरेको नेपाल फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको हो।
यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा इरानसँग फराकिलो अन्तरले पराजित भयो। चारवटै क्वाटरमा नेपाल इरान भन्दा पछि परेको नेपाल ८९-३२ ले पराजित भयो। इरानका लागि रोजिन तालाकोउबले सर्वाधिक १७ अंक स्कोर गरिन् भने नेपालकी निलम शेर्पाले ९ स्कोर गरिन्।
च्याम्पियनसिपको डिभिजन टू अन्तर्गत ग्रुप ए मा रहेको नेपालको दुई खेल हारेपछि जम्मा २ अंक छ। लगातार दुई खेल जितेको भारतको ४ अंक छ।
आगामी शनिबार (अक्टोबर २८) सम्म भारतको बेंगलुरूमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १५ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij