प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४
गत शनिबार थाइल्यान्डको स्थानीय युथ–१८ कपअन्तर्गत राजधानी बैककमा बैकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबीच भिडन्त अत्यान्तै रोचक भएको थियो। निर्धारित समय २–२ बराबरीमा सकिएपछि भएको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
पेनाल्टी सुटआउटमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो। बैंककका एक खेलाडीले गरेको प्रहार विपक्षी गोल पोस्टको बिममा लागेर फर्किएको थियो।
यो देखेर खुसी हुँदै खुसी मनाएका सात्री क्लबका गोलकिपर त्यतिबेला स्तब्ध भए, जब बल भुइँमा ठोक्किदै फेरि गोल पोष्टमा छिर्यो। उनी खुसी मनाउने क्रममा गोल एरियाबाट बाहिर निस्किएका थिए। त्यतीबेला उनले बल फर्किएको थाहै पाएनन्।
पहिले पेनाल्टी हान्ने बैंककका खेलाडी पोलमा बल लागेपछि निराश बनेका थिए। तर, पछि उनी खुसी भए। हेर्नुहोस् भिडियोमा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij