आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४० डाक्टरले १६ घन्टा लगाएर गरे जुम्ल्याहा बालकको शल्यक्रिया

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०७४



  • काठमाडौं, कात्तिक १० । भारतको उडिसामा टाउको जोडिएका दुई बालकको सफल शल्यक्रिया गरिएको छ ।

    दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान, एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा समय लगाएर जुम्ल्याहा बालक जग्गा र कलियाको सफलतापूर्वक शल्यक्रिया गरी टाउको अलग्याएका हुन् ।

    एम्सका अनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु गरिएको थियो । टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञ संलग्न थिए ।

    सर्जरी गर्न १६ घण्टा र एनिस्थिसियामा २० घण्टा लागेको जनाइएको छ । बुधवार राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल हो ।

    मस्तिष्क र नशा नै एक अर्कामा जोडिएका बालकलाई अलग गर्न थुप्रैं चरणको अपरेसन गर्नुपरेको चिकित्सकको टोलीका न्यूरो सर्जन डाक्टर दीपक गुप्ताले जानकारी दिएका छन् ।

    अपरेसनका क्रममा एउटा बालकको हार्ट फेल हुने स्थिति भएको र अर्काेको मृगौलामा असर देखिएको थियो भन्दै उनले मुटुको बाइपास सर्जरी झै बालकको ब्रेनको बाइपास सर्जरी गरिएको बताए ।

    जुम्ल्याहा बालकको उमेर दुई वर्ष चार महिना रहेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij