आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्पेनको एकताका पक्षधरहरुद्वारा बार्सिलोनामा विशाल प्रदर्शन

  • प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०७४



  • काठमाडौं, कात्तिक १३ । स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् ।

    स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् ।

    प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै कैद सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।

    स्पेनको केन्द्रीय सरकारले क्याटलोनमा आफ्नो प्रत्यक्ष शासन लागू गर्दै पुज्डमोनलाई बर्खास्त गरेको थियो । त्यसअघि क्याटलोलिया संसद्ले स्वतन्त्रता घोषणा गरेको थियो ।

    यसैबीच बेल्जियमका एक मन्त्रीले पुज्डमोनले आफ्नो देशमा राजनीतिक शरण लिन सक्ने बताएका छन् । तर पुज्डमोनले क्याटलोनिया छोड्ने कुनै संकेत दिएका छैनन् ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij