प्रकाशित मिति : बुधबार, कार्तिक १५, २०७४
नोकिया फोन उत्पादक फिनिस कम्पनी एचएमडी ग्लोबलले नयाँ मोडल नोकिया सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको यो नोकियाका स्मार्टफोनमध्ये हालसम्मको सस्तो फोन बनेको छ। फोनको मूल्य ९९ युरो (करिब ११ हजार ९ सय रुपैयाँ) निर्धारण गरिएको छ।
फोनमा कर्निङ गोरिला ग्लास ३ सहितको ५ इन्चको एलटिपिएस एचडी डिस्प्ले छ।
क्वालकम स्नापड्रागन २१२ प्रोसेसर तथा एन्ड्रोइड नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको फोनमा १ जीबी र्याम तथा ८ जीबी इन्टरनल स्टोरेज दिइएको छ।
फोनमा ८ मेगापिक्सेलको रियर (पछाडितर्फको) तथा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ।
फोनमा ४ हजार १ सय एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। कम्पनीले यस फोनको ब्याट्री एक पटक चार्ज गरिसकेपछि दुई दिनसम्म टिक्ने दाबी गरेको छ।
फोन अन्तराष्ट्रिय बजारमा आउँदो मंसिरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij