आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एएएफसी यू–१९ च्याम्पियनसिप : फाइनल चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०७४



  • काठमाडौं, कात्तिक १७ । एएएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

    किर्गीस्तानमा बिहीबार भएको खेलमा नेपाललाई बहराईनले ४–० ले हराएको हो । पहिलो खेलमा आयोजक किर्गीस्तानसँग २–० ले पराजित नेपाल दोस्रो हारपछि प्रतियोगिताको फाईनल चरणमा पुग्ने सम्भावनाबाट लगभग बाहिरिएको छ ।

    समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ ।

    छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् ।

    फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij