प्रकाशित मिति : मङ्लबार, कार्तिक २१, २०७४

उनको जिन्दगी निकै रोचक रह्यो । उनले निर्वासन भोगिन्, उनी जेलमा बसिन्, जारको सत्ताको फाल्नका लागि गुप्ततरिकाले गतिविधिमा भाग लिइन् । उनी समाजवादी सरकार स्थापनाका लागि लडिन् र सोभियत संघमा महत्वपूर्ण पदमा रहिन् ।
तर, इतिहासको कितावमा उनलाई ठाउँ मिलेन, जसको उनी हकदार थिइन् । इतिहासको पुरुष चरित्रको छायाँमा उनका योगदान कतै हरायो । विश्वले उनीहरु मध्ये केहीलाई लेनिन, स्टालिन या ट्राटस्कीको नामबाट चिन्छ । तर, नादेज्जा क्रुप्स्काया, इनेसा अरमंद र अलेक्जेक्ड्रा कोलोनटाईको बारेमा विश्वले निकै कम जान्छ ।
तर, यति हुँदाहुँदै पनि जारशाहीका विरुद्ध पेट्रोग्रैड (हालको सेन्ट पीटर्सवर्ग) को सडकमा उत्रने रुसी महिला थिए, जसले निकोलस द्वितियको शासनका विरुद्ध जनतामा आक्रोश ल्याउने वातावरण बनाएका थिए । रसको बोल्शेविक क्रान्तिमा महतवपूर्ण भूमिका निभाउने महिलामाथि केही जानकारी ।
नादेज्जा क्रुप्स्काया
बोल्शेविक क्रान्तिको इतिहासमा यदि कोही महिला आफ्नो नाम लेखाउन सफल रहिन् भने उनी थिइन् नादेज्जा क्रुप्स्काया । उनी भ्लादिमीर लेनिनकी पत्नी थिइन् । रुसी क्रान्तिमा उनको भूमिका करिब करिब लेनिनकै जस्तै रह्यो । नादेज्जा क्रुप्स्कायाको उपलब्धी रुसमा पहिलो नेताको जीवनसाथी हुनुभन्दा धेरै थियो ।

भन्ने गरिन्छ कि लेनिन र क्रुप्स्कायाको कुराकानी १९ औं शताब्दीको अन्तिममा भएको थियो । १८९४ मा उनी माक्र्सवादी विचारधारामा जोडिएकी थिइन् र १९९८ मा उनलाई तीन वर्षका लागि साइवेरिया निर्वासित गरिएको थियो । लेनिन पनि त्यसबेला जारशाहीका विरुद्ध विद्रोह गरेका कारण साइवेरिया निर्वासित भएका थिए । त्यहीँ उनीहरुले विवाह गरेका थिए ।
उनीहरु यूरोपका केही शहरमा सँगै बसे । यसबेला क्रुप्स्कायाले लेनिनको निजी सचिवको हैसियतमा काम पनि गरिन् ।
बारबरा इवांस क्लीमेंटसले आफ्नो किताव ‘वीमेन बोल्शेविक्स’ मा लेखेका छन्, ‘उनी असाधारण रुपले मिहिनेती र सक्षम थिइन् । हरेक साता करिब ३०० चिठ्ठी लेख्थिन्, र धेरैजसो कोड भाषामा । उनी मानिसको ठेगाना र भूमिगत नाम याद राख्थिन् र यसबाहेक लेखा प्रणाली हेर्ने पनि उनको जिम्मा थियो ।’
बोल्शेविकको हातमा सत्ता आएपछि क्रुप्स्कायाले देशको शिक्षा विभागमा काम गरिन् । क्रुप्स्काया लेनिनको मृत्यपछि पनि सक्रिय रहिन्, यद्यपि स्टालिनसँग उनको सम्बन्ध राम्रो थिएन् ।
सन् १९३९ मा उनको मृत्य भयो र क्रेमिलनमा उनलाई लेनिनको शव नजिकै गाडियो ।

अलेक्जेक्ड्रा कोलोनटाइ
१९१७ मा अलेक्जेक्ड्रा कोलोनटाइलाई बोल्शेविक पार्टीको सवैभन्दा प्रखर महिला मानिन्थ्यो । बारबरा इंवास क्लीमेंटस आफ्नो कितावमा लेख्छिन्, ‘उनी हेर्दा पनि सुन्दरी थिइन्, उनको भाषणमा खुबै जोस हुन्थ्यो, सुन्नेहरु धर्यपूर्वक बस्थे । उनी आफ्नो यो कलामा खुसी हुन्थिन् ।’
बोल्शेविकको जीतपछि अलेक्जेक्ड्रा कोलोनटाइले सोवियत सरकारको सामाजिक कल्याण विभागको प्रमुखमा नियुक्ती पाइन् । उनी यूरोपको इतिहासमा सरकारी पद पाउने पहिलो महिला थिइन् ।
मातृत्व अधिकार र बालविकासका लागि सरकारी कोषको आदेशमा उनले हस्ताक्षर गरिन् । विवाहमा बन्ने नयाँ कानुनका विषयमा उनी सरकारको सल्लाहकार थिइन् । सोभियत संघमा महिलालाई अधिकार दिलाउने विषयमा अलेक्जेक्ड्रा कोलोनटाइको महत्वपूर्ण भूमिका थियो ।
अक्टुबर क्रान्तिको ६ सातापछि बोल्शेविक सरकारले विवाह दर्ताको व्यवस्था लागु गर्यो र पति–पत्नीबीच सम्बन्ध विच्छेदको अधिकार दियो । १९२९ मा उनलाई महिला श्रमिकका लागि बनाएको विभागबाट हटाएर नर्वेमा रुसी व्यापार प्रतिनीधिमण्डलमा नियुक्ती दिइयो ।
कुटनीतिमा पनि अलेक्जेक्ड्रा कोलोनटाइको लामो करियर रह्यो ।
१९५२ मा मस्कोमा उनको मृत्यु भयो ।

इनेसा अरमंद
१९१० मा जव लेनिन र क्रुप्स्काया पेरिसमा निर्वासनमा थिए, दुईवीचको कुराकानी इनेसा अरमंदसँग भयो ।
३६ बर्षीय इनेसा पेरिसमा रहेका रुसी समुदायबाट थिइन् । सोशल डेमोक्रेटिक पार्टीका विवादास्पद नेता लेनिन त्यतिबेला खराब अवस्थाबाट अगाडि बढिरहेका थिए । उनको पार्टीपछि विभाजन भयो, जसमध्ये अगाडि गएर बोल्शेविक पार्टीका रुपमा चिनियो ।
‘द गार्जियन’ पत्रिकामा इनसाको जीवनी लेख्ने माइकल पियरसनका अनुसार ‘इनेसा चार भाषा बोल्न सक्थिन् । संगठनका लागि उनी प्रतिभाशाली थिइन् । लेनिनलाई चाडै नै उनको खाँचो महसुस भयो । इनेसा लेनिनसँग जोडिइन् र दुईका बीच प्रेम पनि बस्यो ।’
दुवैको कथा निकै गहिरो थियो र यसमा केही उतार–चढाव पनि आए । सात बर्षको निर्वासनमा इनेसा लेनिनकी नजिकको सहयोगी बनेकी थिइन् ।
रुसी क्रान्तिको दुई वर्षपछि १९१९ आउँदाआउँदै इनेसा लेनिनसँगै रुस फर्किइन् र मस्कोमा सवैभन्दा शक्तिशाली महिला मध्ये एक बनिन् ।
अगस्त, १९२० मा उनको स्वास्थ्य निकै खराव थियो । उनलाई अवकास लिनुपर्यो । त्यही वर्ष सेप्टेम्वरमा उनले ४६ वर्ष पूरा गरिन् । त्यसको दुई दिनपछि उनको मृत्यु भयो ।
इनेसाको अन्त्येष्टिमा सहभागी हुनेमा लेनिन पनि एक थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij