शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आइफोन टेन कोरियामा पनि लन्च हुँदै ,यस्ता छन् विशेषता तथा मूल्य

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४



  • मोबाइल निर्माता कम्पनी एप्पलको १० औं एनिभर्सरी मोबाइल  सिरिज आइफोन  टेन (एक्स) कोरियामा पनि बिक्रि खुल्ला हुने भएको छ।

    नोभेम्बर ३ तारिखदेखि अमेरिका, चीन तथा जापानमा एकसाथ बिक्रि खुल्ला गरिएको आइफोन टेन यही नोभेम्बर २४ तारिखदेखि कोरिया, मलेसिया, थाइल्याण्डलगाएत १३ वटा देशमा  एकसाथ लन्च हुने एप्पलले जनाएको छ।

    कोरियामा यसअघि आइफोन एट तथा एट प्लसको बुकिङ खुल्ला भैसकेको छ। कोरियाका ३ वटा ठूला मोबाइल बिक्रेता कम्पनी एस के टि, के टि तथा एलजी यु प्लस मार्फत बुकिङ खुल्ला गरिने आइफोन टेनको मूल्य मोडेल अनुसार फरक हुने जनाइएको छ।

    यद्यपी कोरियाका मोबाइल बिक्रेता कम्पनि एस के टि ,के टि तथा एलजी यु प्लसले केही दिनमै  फिक्स मूल्य निर्धारण गर्ने बताइएका छन्।

    हाललाई आइफोन टेन ६४ जिवीको मूल्य १४ लाख  २० हजार कोरियन वोन अर्थात १२ सय ७५ अमेरिकी डलर कायम गरिएको छ भने २५६ जिवीको मूल्य १६ लाख वोन भन्दा माथि छ।

    उक्त  मूल्य अमेरिका तथा जापानमा भन्दा महंगो हो। अमेरिकामा ६४ जिविको मूल्य ९ सय ९९ डलर छ भने २५६ जिविको  १ हजार १ सय ४९ डलर छ। जापान तथा अमेरिकामाभन्दा कोरियामा १० प्रतिशत ट्याक्स थप गरिएको बताएको छ।

    यसभन्दा पहिलाको सिरिजको  एलसीडी स्क्रिन भने यसमा हटेको छ। यसको डिजिटल डिस्प्ले ओ एल इ डी  (organic light-emitting diode) छ। फेसियल रिकोग्निसनबाट स्क्रिन लाइट अफ गर्न सकिने मुख्य विशेषता रहेको उक्त सिरिजको आइफोनमा होम बटनसमेत हटेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij