आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जब नेइमारले पत्रकार सम्मेलनमै आँसु थाम्न सकेनन्…(भिडियो)

  • प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४



  • फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का ब्राजिलिन स्टार स्ट्राइकर नेइमारले पत्रकार सम्मेलनमै आँशु थाम्न सकेनन्। विश्वकप फुटबलको तयारी स्वरूपमा जापानसँग भएको मैत्रिपूर्ण खेल पछि आयोजित पत्रकार सम्मेलनबाट उनी रुँदै बाहिरिएका हुन्।

    खेलपछि भएको पत्रकार सम्मेलनमा नेइमार पिएसजीमा खुसी नरहेको भन्ने खबर बारे ब्राजिलका प्रशिक्षक टिटेले नेइमारको बचाउ गरेका थिए। प्रशिक्षक टिटेले आफ्नो बारेमा बोलेको सुनिरहेका नेइमारले आँसु थाम्न सकेनन्, उनी रूँदै त्यहाँबाट बाहिरिएको खबर अन्तर्राष्ट्रिय खेल समाचारमा जनाइएको छ।

    यसै सिजनमा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार त्यहाँ खुशी नरहेको खबर पछिल्लो समय छाएको छ। फ्रान्सको एक पत्रिकाले पिएसजीका प्रशिक्षक युनाइ एम्रीसँग नेयमारको सम्बन्ध राम्रो नरहेको खबरसमेत छापेको थियो।

    यद्यपी नेइमारले एम्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गरेका छन्। कार्यक्रममा ब्राजिलका प्रशिक्षक टिटेले क्लबसँग  नेइमारको कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताएका थिए।

    आफ्नो बारेमा टिटे बोलिरहँदा नेइमार रोएका थिए, त्यसपछि टिटेले उनको टाउकोमा हात राखे। लगत्तै उनी केही नबोली कार्यक्रम छाडेर त्यहाँबाट निस्केए।

    खेलमा ब्राजिलले जापानलाई हराएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij