आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउथ अफ्रिकाकी डेमी ले बनिन् ‘मिस युनिभर्स’

  • प्रकाशित मिति : सोमवार, मंसिर ११, २०७४



  • साउथ अफ्रिकाकी २२ वर्षिय डेमी ले नेल पीटर्सले यस वर्षको मिस युनिभर्सको उपाधि प्राप्त गरेकी छन्।

    सोमबार लस भेगसमा सम्पन्न प्रतियोगितामा उनले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्।

    डेमी ले यो ताज जितेसँगै अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ। यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन्। याे ताजसँगै झन्डै ३९ वर्षको खडेरीलाई डेमीले तोडिदिएकी छन्।

    ‘मिस युनिभर्स आत्मविश्वासी हुन जरुरी छ।’ डेमी ले भनिन्, ‘मिस युनिभर्स त्यो महिला हो, जसले थुप्रै डरहरूको सामना गरेकी हुन्छिन् र साथै उनले अरु महिलाहरूको डरलाई पनि घटाउन मद्धत गर्छे र मलाई लाग्छ म त्यस्तै महिला हुँ।’

    मिस युनिभर्समा फस्ट रनरअपको ताज कोलम्बीयाकी लारा गोन्जालिजले हात पारेकी छन् भने जमैकाकी दाभिना बेनेट सेकेन्ड रनरअप भइन्।

    नेपालबाट नग्मा श्रेष्ठले पहिलो पटक मिस युनिभर्समा प्रतिनिधित्व जनाएकी थिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij