आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसका यी पाँच ओलम्पिक खेलाडी जो आजीवन प्रतिबन्धित

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १२, २०७४



  • अन्तर्राष्ट्रिय ओलम्पिक महासघंको अनुसन्धान कमिटीले पाँच जना रसियाली ओलम्पिक खेलाडीहरूमाथि प्रतिबन्ध लगाएको छ।

    उनीहरूले खेलका दौरान प्रयोग गरेको प्रतिबन्धित औषधिका कारण प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय ओलम्पिक महासघंले बताएको छ।

    हिउँदे ओलम्पिक खेल्ने यी पाँच खेलाडीहरूमाथि सोमबार कमिटीले आजीवन प्रतिबन्ध लगाएको हो।

    प्रतिबन्धमा पर्ने खेलाडीहरूमा सर्गेइ चुडिनोभ, एलेक्सेइ नेगोडाइलो, डिमिट्री टुरेनकोभ, यान रोमानोभा र ओल्गा भिलुखिना रहेका छन्। उनीहरूले सोची ओलम्पिक २०१४ लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। टुरेनकोभ र नेगोडाइलोले सोची ओलम्पिकको ‘फोर–मेन बल्बेइस’मा स्वर्ण पदक जितेका थिए।

    सन् २०१६ मा गरिएको अनुसन्धान र म्याकलारेन रिपोर्टका आधारमा आइओसीले उनीहरूलाई प्रतिबन्ध लगाएको हो। नोभेम्बर महिनामा मात्र रुसका १९ जना खेलाडीहरू प्रतिबन्धमा परिसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij