मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

भारतबाट ४७० मेगावाट ल्याइने, हिउँदमा देशभरि लोडसेडिङ नहुने

  • प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४



  • फाइल तस्बिर।

    यो वर्ष कात्तिकमै ह्वात्तै जाडो बढ्यो। छिट्टै बढेको चिसोले हिमालमा हिउँ जम्यो। हिउँ जमेपछि नदीमा पानीको बहाव कम भयो। त्यसको सोझो असर पर्यो, बिजुली उत्पादनमा।

    नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी एबाट मंसिर पहिलो साता पोहोरभन्दा २२ मेगावाट बिजुली कम उत्पादन भयो। १४४ मेगावाट क्षमताको यो आयोजनामा दिनभरि पानी जम्मा गरेर पिक आवरमा बिजुली निकालिन्छ।

    पानीको बहाव कम भएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी पनि पोहोर यही समयभन्दा ८ मेगावाट र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीमा १० मेगावाट बिजुली कम उत्पादन भयो। देशभरिका आयोजनामा यो साल मंसिर पहिलो साता पोहोरभन्दा झन्डै ४५ मेगावाट बिजुली कम उत्पादन भयो।

    बिजुलीको माग भने नदीमा पानीको बहाव घट्नुअघि बढीसकेको थियो।

    पोहोर लक्ष्मी पूजाको साँझ देशभरि १४४४ मेगावाटले बत्ती बाल्न पुगेको थियो। यसपालि लक्ष्मीपूजाको साँझ १५०८ मेगावाट बिजुली खपत भयो।

    यो हिउँदमा बिजुलीको माग पोहोरभन्दा १४५ मेगावाट बढ्ने प्राधिकरणको प्रक्षेपण छ। पोहोर माघ–फागुनमा बिजुलीको माग १३२५ मेगावाटसम्म पुगेको थियो, यसपालि १४७० मेगावाट बिजुली चाहिने प्राधिकरणको अनुमान छ।

    ‘यो पनि ग्राहकहरूले अनावश्यक बिजुली नबाली सहयोग गर्नुहुन्छ भन्ने आशामा गरिएको प्रक्षेपण हो,’ प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले भने, ‘ग्राहक मितव्ययी भएनन् भने माग अझै बढ्न सक्छ।’

    माग बढे पनि प्राधिकरणले हिउँदमा देशभरि लोडसेडिङ नगर्ने लक्ष्य लिएको छ। पोहोर लक्ष्मीपूजाबाट काठमाडौं आसपासमा लोडसेडिङ हटेको थियो भने पछि पोखरा, विराटनगर लगायतका सहरलाई लोडसेडिङ मुक्त पारिएको थियो।

    यसपालि निजी क्षेत्रका आयोजनाबाट ६० मेगावाट बिजुली थपिएपनि प्रर्याप्त नभएकाले लोडसेडिङ हटाउन भारतमाथि थप निर्भर हुनुपर्ने भएको छ।

    प्रवक्ता अधिकारीका अनुसार यसपालि भारतबाट थप ८५ मेगावाट बिजुली किन्ने प्राधिकरणको तयारी छ। पोहोर भारतबाट ३८५ मेगावाटसम्म बिजुली आयात भएकोमा यसपालि ४७० मेगावाट बिजुली आयात गर्नु पर्ने भएको हो।

    प्राधिकरणले नयाँ बनेका दुई प्रसारण लाइन कटैया–कुशहवा रक्सौल–परवानीपुरबाट १००, टनकपुर–महेन्द्रनगरबाट ३५, सुरजपुरा–गण्डकबाट ३५, ढल्केबर–मुजफ्फपुरबाट १३०, पुरानो कटैया–कुशहवाबाट १३० र विभिन्न साना प्रसारण लाइनबाट ४० मेगावाट बिजुली भारतबाट आयात गर्ने योजना बनाएको छ।

    मंसिर दोस्रो सातासम्म भारतबाट ३०७ मेगावाट बिजुली आयात भइरहेको छ। अहिले देशभित्र प्राधिकरणले ३५० र निजी क्षेत्रबाट २८३ मेगावाट बिजुली उत्पादन गरिरहेका छन्।

    ‘भारतबाट थप बिजुली ल्याएर यो हिउँदमा देशैभरि बिजुली नकाट्ने गरी काम गरिरहेका छौं,’ अधिकारीले भने, ‘यति गर्दा पनि पिक आवरमा ३०० मेगावाट बिजुली पुग्दैन। त्यसलाई मिलाउन उद्योगमा ३ देखि ५ घन्टा लोडसेडिङ हुन सक्छ।’

    पोहोर पनि औद्योगिक क्षेत्रमा बिहान र बेलुका बिजुली कटौती भएको थियो।

    माघमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना बनेपछि भने माग व्यवस्थापनमा केही राहत हुने अधिकारीले बताए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij