प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४

काठमाडौं । सामाजिक संजालमा अभिनेत्री ऋचा शर्मा माथि खनिदै आएका कलाकार दीपकराज गिरीले यस बिषयमा थप बोलेका छन् ।
बुधबार चलचित्र ‘फिर्के’ले ट्रेलर सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा गिरीले घुमाउरो पारामा अभिनेत्री ऋचाको भनाई गलतै भएको बताए ।
करिब १० मिनेट आफ्नो भनाइ राखेको गिरीले ऋचामाथि मात्र प्रश्नका भारी थोपरे । उनले आफ्नो कुनै पनि चलचित्रमा महिला हिंसा नभएको दाबी समेत गरे । केही चलचित्रमा महिला माथि बियर खन्याएको प्रसंग अगाडी ल्याउँदै उनको प्रश्न थियो– यो महिला हिम्सा होकी होइन ?
‘चलचित्रलाई नराम्रो भन्न पाइन्छ । संसारका कुनै पनि चलचित्र सबैले मन पराएको अवस्था छैन’, दीपकले अगाडी थपे ‘कसैलाई त्यही चलचित्र राम्रो लाग्छ, कसैलाई नराम्रो ।’
दीपकले आफूहरुमा पनि कमिकमजोरी भएको उल्लेख गर्दै कसैका चलचित्रको बिषयमा बोल्दा अरुले खेल्ने ठाउँ नराखेर बोल्नु पर्ने धारणा अगाडी सारे ।
दीपकले भने ‘छक्का पञ्जा’मा महिलालाई थप्पड हानेको एउटा मात्र दृश्य छ । यदी यो महिला हिंसामा पर्छ भने, केही चलचित्रमा महिला सुतेको अवस्थामा माथिबाट बियर खन्याएर नाचेको चाहिँ महिला हिंसामा पर्छ कि पर्दैन, त्यो मलाई थाहा छैन ।’
करिब १५ दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा नायिका ऋचा शर्माले ‘छक्का पञ्जा’मा महिलालाई दैनिक पिट्ने दृश्य माथी प्रश्न उठाएकी थिइन् ।
ऋचाले उठाएको उक्त बिषयलाई लिएर सामाजिक संजाल माफर्त ‘छक्का पन्जा’ टिमले ‘गेट विल सुन’ लेखेर जवाफ दिएको थियो । यो बिषयले सामाजिक केही चर्काे रुप लियो । दीपक र ऋचाले स्टाटस मार्फत दोहोरो भिडन्त समेत गरे । यी दुबैको विवादमा कलाकार समेत दुई भागमा बाँडिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij