मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाल मेडिसिटीले तान्यो नाम चलेका ३२ डाक्टर, कुन अस्पतालबाट को को आए

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०७४



  • ललितपुरको नख्खुमा अहिलेसम्मकै ठूलो लगानीमा बनेको अस्पताल नेपाल मेडिसिटीले देशभरका नाम चलेका ३२ जना डाक्टरहरुलाई तानेको छ।

    ‘एक अस्पताल एक डाक्टर’ नीति लिएको मेडिसिटीले काठमाडौंका नाम चलेका अस्पतालहरू ग्रान्डी, बयोधा, सहिद गंगालाल, बीएण्डबी लगायतकाबाट चर्चित ३२ जना डाक्टरहरुलाई आफ्नो अस्पतालमा तानेको हो।

    आर्कषक सेवा सुविधा दिएर नाम चलेका डाक्टरहरुलाई आफ्नो अस्पतालमा ल्याएको मेडिसिटी स्रोतले जानकारी दियो। मेडिसिटीमा आएका डाक्टरहरुले अन्य अस्पताल र क्लिनिकमा काम गर्न पाउने छैनन्।

    पूर्ण समर्पणका साथ डाक्टरहरुले एउटै अस्पतालमा काम गरून् भनेर अन्य ठाँउमा काम गर्न नदिने नीति लिएको अस्पतालले जनाएको छ।

    नेपाल मेडिकल कलेज, सिनामंगलका प्रिन्सिपल तथा बरिष्ठ सर्जन प्राध्यापक डाक्टर सुनिलकुमार शर्मा ढकाल मेडिसिटीमा आएका छन्। केएमसीका डाक्टर निरा सिंह श्रेष्ठ, शिशिर लाखे र तोरण केसी पनि हाल मेडिसिटीमा आबद्ध भएकी छन्। त्यस्तै ग्रान्डी अस्पतालका डाक्टर संजय कार्की पनि नेपाल मेडिसिटीमै आबद्ध भएका छन्।

    पाटन अस्पतालमा कार्यरत सूचिता श्रेष्ठ जोशी, डाक्टर गोपी अर्याल मेडसिटी आएको अस्पताल प्रशासनले जनाएको छ।

    सुमेरू अस्पतालमा रहेका डाक्टर बाबुराम पोखरेललाई पनि भित्र्याएको मेडसिटीले ओम अस्पतालमा रहेका डाक्टर लवनाथ जोशी पनि मेडिसिटीमा आएका छन्।

    सहिद गंगालालका डाक्टर विजय राजवंशी, डाक्टर दिप्तेश अर्याल, रन्जितकुमार शर्मा, डाक्टर अपूर्व शर्मा, साजन गोपाल वैद्य सँगै बयोधाका डाक्टर निरज सिंह, अन्ना शर्मा, प्रतिभा श्रेष्ठ पनि आएका छन्।

    बिएण्डबीमा रहेका डाक्टर महेश बहादुर अधिकारी, पकंज बरमनसँगै वीरमा रहेका डाक्टर गोपाल रमन श्रेष्ठ पनि आएका छन्।

    विराटनगर आँखा अस्पतालमा कार्यरत डाक्टर पूजा लामा पनि मेडिसिटीमा कार्यरत छन्।

    मनिपाल अस्पतालका उमिद कुमार श्रेष्ठ आउँदा शिक्षण अस्पताल महाराजगंजका रामकुमार घिमिरे मेडसिटी भित्रिएका छन्।

    निर्वाणा वेलनेशकी डाक्टर मिन्मी गिरी, ग्रान्डी सिटीका  डाक्टर राज रानालाई पनि मेडिसिटी तानेको छ।

    त्यस्तै नाम चलेका डाक्टर सम्पूर्णमान तुलाधर,कुनाल विक्रम शाह,भुवन कायस्थ पनि मेडिसिटीमा जोडिएका छन् ।

    गैरआवासीय नेपालीका संस्थापक उपेन्द्र महतोको लगानीमा डेढ महिना अघि अस्पताल सञ्चालनमा आएको हो। अस्पताल ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ।

    ३० रोपनी क्षेत्रफलमा आधुनिक भवन छ। हाल ओपिडीमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

    हाल ३०० शैयामा संचालनमा रहेको अस्पतालले यसलाई बढाएर ७५० पुर्‍याउने लक्ष्य राखेको छ। अस्पतालले हेलिकप्टरबाट आउने इमर्जेन्सी बिरामीका लागि लक्षित गर्दै दुई हेलिप्याड बनाएको छ।

    अस्पतालको भवनमाथि एक र तल अर्को एक हेलिप्याड सञ्चालनमा आइसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij