शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जब ओलम्पिक पार्कमा नेपाल आइडलले धुम मच्चाए

  • प्रकाशित मिति : आइतवार, मंसिर १७, २०७४



  • बेलायतको वेम्वली होस वा अमेरिकाको म्याडिसन स्क्वायर। अस्ट्रेलियाका लागि ओलम्पिक पार्क पनि त्यस्तै एउटा महत्वको विषयभित्रको आयोजना स्थल हो।

    यँहा बलिउडका सलमान खान र प्रशिद्ध गायकहरुको कार्यक्रमले पनि चर्चा परिचर्चा पाउने गर्छ। शनिबार नेपालका प्रतिभाशाली युवा गायकहरूले ओलम्पिक पार्कमा नेपाली धुनका गीत संगीत पस्किदै गर्दा नेपाल आइडल बुद्ध लामाको मान, निशान भट्टराईको शान र प्रताप दासको फ्यानको सिमै रहेन। शनिबार ओलिम्पक पार्कको इन्डोर हलमा २५ सय नेपाली दर्शक मध्यरातसम्म नेपाल आइडलको गानमा झुमे।

    फैलिदो नेपाली समाजको बदलिदो परिस्थितिले पनि पहिलो पटक अस्ट्रेलियामा ओलिम्पकपार्कमा नेपाली गित संगीतले प्रवेश पाएको थियो।

    ओलम्पिक पार्कको त्यो ऐतिहासिक महत्वको दिनमा नेपाल आइडलका निशान भट्टराईले उकाली ओराली गर्दै भन्दै मैदान छिरेपछि दर्शक दिर्घाले भब्य तालिले स्वागत गरेका थिए। नेपाल आइडल बुद्ध लामाको ‘ऊ हारेर गइ या जितेर गइ….’ र चकलेटी प्रतापको अलापी प्रस्तुतीले कार्यक्रमको सुरवातीपलनै भब्य बनेको थियो।

    पहिलो सत्रमा गायकीको मजा र दोस्रो सत्रमा लोक लय र डान्सीङ आइटमले दर्शकहरुले समयको पत्तो नै पाएनन्। नेपीन्डोको लोभलाग्दो नृत्य र नेस्टको कलात्मक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो। बुद्ध, निशान र प्रतापले सात, सातवटा गीत प्रस्तुत गरे भने प्रमिला राईले तीन वटा गीत गाइन्।

    कार्यक्रम रातको १२ बजे सम्पन्न हुँदासम्म दर्शकमा पनि कमी आएको थिएन।

    यो बास्तवमै नेपाल आइडलको लागि ऐहासिक क्षण पनि हो, कार्यक्रम प्रस्तोता तथा पत्रकार शुसील नेपालले सुनाए। अस्ट्रेलियाको इतिहासमा पहिलो हुनु मात्रै ठूलो विषय भएन ओलम्पिक पार्कमा त्यो साउन्ड र म्युजिकमा नेपाली कलाकारले गायकी प्रस्तुत गर्नु महत्वपूर्ण उपलब्धि हो।

    नेपाली टच अस्ट्रेलियाको आयोजना तथा एभरेष्ट कम्युनिकेशनको प्रस्तुतीका रुपमा रहेको कार्यक्रम राइट एन्ड एशोसिएट्स र इसीएले प्रायोजनको भूमिका निर्वाह गरेका थिए। प्रायोजक राइटका बालचन्द्र भट्टराईले यस्ता कार्यक्रम प्रयोजन गर्नु गौरवको विषय भएको सुनाए।

    नेपालीले पनि ओलम्पिक पार्कमा कार्यक्रम पस्कन सक्छन् भन्ने शन्देश दिन सफल भएको आयोजक नेपाली टचका राजकुमार गोश्वामी दंग छन्। उनी भन्छन्, ‘घाटा नाफा भन्दा पनि अब नेपाली गीत संगीतले पनि अब ठूलो फड्को मारेको छ भन्ने शन्देश फैलाउनु थियो हामी सफल भयौ।’

    पहिलो पटक सिड्नीको ट्रेनहरूमा एक महिनासम्म प्रचार गरेको यो कार्यक्रम धेरै मानेमा सफल भएको आयोजक दिपेश पुन बताउँछन्।

    गायक निशान भट्टराईले पनि स्तरीय दर्शक र उत्कृष्ट हलमा कार्यक्रम गर्न पाउँदा आफू दंग परेको बताए। ‘आइडलको टोलीले यति ठूलो सम्मान पाउनु आफैंमा गौरवको विषय हो, यसका लागि अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीलाई धन्यवाद दिन चाहन्छु,’ निशानले सुनाए।

    कार्यक्रमको रोचक कुरा त के रह्यो भने केही युवतीले प्रताप दाशलाई स्टेजमै गएर प्रेम प्रस्ताव समेत पोखे। संगीतका पारखी युवतीहरुको फोटो शेसन युवा आइडलहरुको लागि निकै कठिन बनेको देखिन्थ्यो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij