आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आउँदो महिना सामसङको ए८ र ए८+ आउने

  • प्रकाशित मिति : सोमवार, पुस ३, २०७४



  • हरेक वर्ष विश्वभरीका टेक कम्पनीहरुबीच आयोजना हुने ‘कन्जुमर इलेक्ट्रोनिक्स सो’ को २०१८ संस्करणमा सामसङले ‘ए’ सिरिज अन्र्तगतका ए८ र ए८+ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    यस अघि कैयौं पटक यी फोनका फिचर्सहशरु लिक भइसकेका छन्। सामसङका दुबै फोनमा बेजललेस इन्फिनिटी डिस्प्ले रहने छ भने फिंगरप्रिन्ट स्क्यानर, पानी तथा धुलो प्रतिरोधात्मक हुने आँकलन विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले गरेका छन्।

    खबरहरुका अनुसार ए८ ५.५ इन्च तथा ए८+ ६ इन्च फुल एचडी सुपरएमोलेड इन्फिनिटी डिस्प्लेमा उपलब्ध हुने छ। फोन ४ र ६ जीबी र्याम तथा ३२ र ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा आउनेछन्।

    त्यस्तै फोन १६ मेगापिक्सेलको पछाडिको क्यामेरा हुनेछ भने ए सिरिजमा पहिलो पटक दुई सेल्फी क्यामेरासहित हुने बताइएको छ। दुुबै फोनमा १६ र ८ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा हुनेछ।

    त्यस्तै ए८ ३ हजार एमएएच तथा ए८ प्लस ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्रीमा आउने जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij