आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमै पहिलो पटक भब्य र सभ्य क्रिकेट प्रतियोगिता

  • प्रकाशित मिति : सोमवार, पुस ३, २०७४



  • d'nkfgLsf] lqms]6 d}bfgsf7df8f}Fsf] d'nkfgLdf lgdf0ff{wLg /fli6«o:t/sf] lqms]6 d}bfgdf zlgaf/ b'jf] uf]8b} dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;

    नेपालमा प्राय हरेक वर्ष कुनै न कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरेका छन्। जसमध्ये पछिल्लो समय निकै लोकप्रिय क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय खेल भएमा हजारौ दर्शक कीर्तिपुर पुग्छन्। तर आजदेखि सुरू भएको इपिएल जति सभ्य कार्यक्रम दर्शकले देखेकै थिएनन्।

    नेपालको स्रोत र साधनले भ्याएसम्म यसलाई भब्य बनाउन खोजिएको थियो।

    यसपटक प्रतियोगितामा मैदानको सजावट तथा अन्तर्राष्ट्रियको देखाउन समेत यसपटक बिशेष पहल गरिएको छ।

    मैदानको सजावट, थ्रीडी बिज्ञापन म्याटलगायत ब्यबस्था गरिएको छ जसको लागि इन्डियन प्रिमियर लिग तथा विश्वकप क्रिकेटको अनुभव भएका ब्यक्ति बोलाएर मैदान सजाइएको थियो। खेलाडी राख्न अन्तर्राष्ट्रियस्तरको डगाउट, पेभेलियनको ब्यबस्था गरिएको थियो।

    भीआईपी, भीभीआईपी तथा मिडियाको लागि छुट्टाछुट्टै एरियामा बिशेष सुबिधा प्रदान गरिएको  थियो।

    खेल हेर्न पुग्ने दर्शकहरुले मैदनमा दर्शकहरुले लाइभ डिजे, क्राउड रेजर, चियर लिडर्सको मजा लिएका थिए। मैदानमा खानपिन, टिकार काउन्टर, सफा ट्वाइलेट, व्यवस्थित पार्किंङको ब्यबस्थाले नेपालमा नभएर कुनै विदेशमा ठूलो प्रतियोगितामा गएको झल्को दिएको थियो। खेल हेर्न पुग्ने दर्शकहरुले प्रत्येक दिन सेलिब्रिटीहरुको उपस्थितिमा मनोरंजन प्रदान गर्ने तथा बिभिन्न पुरस्कारहरुको समेत ब्यबस्था गरिएको थियो।

    मैदानमा उपस्थित दर्शकहरुले १६/९ फिटको एलईडी स्क्रिन मार्फत खेलसमेत हेरेका थिए। जुन मैदानको उत्तरपुर्बी क्षेत्रमा राखिएको छ। विज्ञापन होर्डिङ बोर्डले मैदानको सजावट थप राम्रो देखिएको थियो।

    एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उदघाटन खेलमा ललितपुर प्याट्रिअट्सले विजयी सुरुवात गरेको छ ।

    ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित ग¥यो । ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रह्यो । कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा काठमडौंले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुरले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

    ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । ललितपुरका लागि कप्तान मल्लले पनि २० रन बनाए । अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

    ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए । काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा अलआउट हुँदै ८९ रनमात्र बनाउन सक्यो । ओपनर अमित श्रेष्ठले २७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन् । उसका लागि श्रीलंकाली ब्याट्सम्यान अक्षु फर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए ।

    काठमाडौंका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्केका थिए ।

    बलिङतर्फ ललितपुरका भारतीय बलर सुबोध भाटीले सर्बाधिक ४ विकेट लि“दा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij