मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकारका विषयमा अभिमुखीरण कार्यक्रम बाँकेमा सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४



  • मधु पौडेल , बाँके । अभियान नेपाल बाँकेले आयोजनमा संचालित  आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकारका विषयमा स्थानिय स्तरमा कार्यरत संस्थाका कर्मचारीको दुई दिने अभिमुखीरण कार्यक्रम मंगलबार बाकेको नेपालगंजमा सम्पन्न भएको छ । तालिममा बाँकेका विभिन्न संघ संस्थाका २४  कर्मचारी तथा सम्वन्धित  संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    वातावरणीय कृषि तथा विकास केन्द्र केड को सहयोग र अभियान नेपाल बाँकेको आयोजनामा सञ्चालित उक्त अभिमुकरण कार्यक्रमको नेपालमा आङ खस्ने महिलाहरुको अवस्था तथा आङ खस्ने समस्याको बारेमा कसरी गाउँगाउँमा अभियानका रुपमा अगाडि लैजान सकिन्छ भन्ने उदेश्य राखिएको थयो ।

    सोमबार अपौचारीकरुपमा सुरुवात पछि अभिमुकरण तालिममा सहभागि भएका अधिकांश सहभागिहरुले आङ मुख्यतय तिन प्रकारका अवस्थामा हुने भन्ने बारेमा बुझेका थिए । आङ खस्ने पहिलो अवस्थामा खासै समस्य नहुने र यसको बारेमा महिला स्वयले पनि थाह नपाउने भएको हुदाँ यसका बारेमा तालिम प्राप्त डक्टर वा नर्स सग चेक गराउदा थाह पाउने केडकी प्रशिक्षक ईश्वरी नेपालले प्रशिक्षण गर्दाको समयमा बताउनु भयो ।

    DSC_1446

    प्रशिक्षक नेपालले प्रशिक्षणको क्रममा दोस्रो र तेस्रो अवस्थाको आङ खसेको अवस्थाको बारेमा महिला आफैले थाह पाउन सक्ने भए पनि यसको बारेमा अरुसंग यस बारेमा भन्न नसकिरहेको अवस्था रहेको बताउनु भयो ।

    केडका सुर्खेत,दैलेख तथा जाजरकोट संयोजक राम विक्रम शाहले प्रशिक्षणका क्रममा प्रजनन स्वाथ्य सम्वन्धी कानुनी व्यवस्थाका बारेमा बताउनु भएको थियो । संयोजक शाहले शिविरमा आएका महिलाहरुको विवरण अनुसार ७६ हजार महिलामा आङ खस्ने समस्या भएको हुदाँ यसलाई अभियानको रुपमा गाउँगाउँमा लैजानु पर्ने बताउनु भयो ।

    अभिमुखीकरण कार्यक्रममा सहभागि दिपा प्याकुरेलले आफुले आङ खस्ने बारेमा सुनेको भए पनि यस प्रकारको बुझाई नभएको हुदाँ कार्यक्रम निकै उपलव्धी मुलक भएको बताउनु भयो । यसै गरी कार्यक्रममा सहभागि अर्का रजनी खनालले यस्ता प्रकारका कार्यक्रमहरुले आफुहरुमा मात्र नभएर अवका दिनहरुमा आङ खस्ने समस्याको बारेमा अभियान चलाउन सक्ने बताउनु भयो ।अभिमुखीकरण कार्यक्रममा प्रजनन स्वाथ्य ,आङ खस्ने कारण, यसका रोकथामका उपायका बारेमा प्रशिक्षण भएको अभियान नेपाल बाके सचिव सपना भट्राईले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij