प्रकाशित मिति : बुधबार, पुस ५, २०७४
बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट: एक प्रेम कथा’ लाई बिल गेट्सले प्रशंसा गरेका छन्। सामाजिक संजाल ट्वीटरमार्फत फिल्मको प्रशंसामा उनले ट्वीट लेखेका छन्।
उनले लेखेका छन्, ‘ट्वाइलेट: एक प्रेम कथा’, बलिउडमा भर्खरै विवाह सम्पन्न भएको जोडीको प्रेममा आधारित छ। फिल्मले भारतमा रहेको स्वच्छता सम्बन्धी चुनौतीलाई देखाएको छ।’
यो फिल्मले शौचसम्बन्धी जनचेतना फैलाएको र सरकारको स्वच्छ भारत अभियानमा सन्देश प्रवाह गर्न ठूलो भूमिका निभाएको थियो।
प्रेमका तानाबाना बुन्दै फिल्मले सत्य कुरालाई उजागर गरेको हुँदा दर्शकमाझ पनि राम्रो प्रभाव पारेको छ।
बिल गेट्सले २०१७ को अन्त्यतिर ट्वीटको श्रृंखलाहरू सार्वजनिक गरेका छन्।
उनले ट्वीटमार्फत लेखेका थिए, ‘२०१७ निकै मुस्किल रहेकोमा कुनै तर्क छैन। …तर यसले केही आशा र प्रगतिका अद्भुत क्षणहरू पनि दिएका छन्। केही प्रेरणादायी ट्वीटहरू यस प्रकार छन्…’

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij