प्रकाशित मिति : बिहिबार, पुस ६, २०७४
फ्रेन्च लिग वान फुटबलमा बुधबार राति लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले कँनलाई ३–१ ले हराउँदै दोस्रो स्थानको टिमसँगको अंक दूरी ९ पुर्याएको छ।
पिएसजीको जितमा एडिसन काभानी, केलियन एमबाप्पे र युरी बेर्चिचे इजेटाले गोल गरे। कँनका लागि सान्तिनीले एक गोल फर्काए।
खेलको २१ औं मिनेटमा काभानीको गोलबाट सुरूवाती अग्रता लिएको पिएसजी पहिलो हाफमा १–० ले अघि बढ्यो।
दोस्रो हाफमा केही आक्रमक देखिएको पिएसजीका लागि ५७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे।
मोनाकोबाट यहि सिजन आएका एमबाप्पेले अहिलेसम्म पिएसजीका लागि १२ गोल गरिसकेका छन्। त्यसपछि खेलको ८१ औं मिनेटमा नेइमारको पासमा युरीले गोल गर्द गर्दै पिएसजीको अग्रता ३–० मा पुर्याए।
९० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै
सान्तिनीले कँनका लागि सान्तवना गोलम फर्काए।
जितपछि शीर्ष स्थानको पिएसजीको १९ खेलबाट ५० अंक भएको छ । राति नै भएको खेलमा रेनलाई २–१ ले हराएको दोस्रो स्थानको मोनाकोको ४१ अंक भएको छ। यस्तै समान ४१ अंक भएको लायन तेस्रो स्थानमा छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij