मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चलचित्र विकास बोर्डले नेपाली कलाकारलाई अभिनय सिक्न भारत पठाउने

  • प्रकाशित मिति : बिहिबार, पुस १३, २०७४



  • चलचित्र विकास बोर्डले नेपालका २५ कलाकारलाई अभिनय सिक्न भारत पठाउने भएको छ। भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा नेपाली कलाकारलाई भारतको पुनेमा तालिम लिन पठाउँन लागेको हो।

    निकिता पौडेलको अध्यक्षता रहेको बोर्डले बुधबार अभिनेता तथा अभिनेत्री पठाउने बारे जानकारी सार्वजनिक गरेको छ। कलाकारहरूलाई पुनेस्थित ‘भारतीय फिल्म तथा टेलिभिजन संस्थान’ मा २० दिने अभिनय प्रशिक्षण दिइन लागिएको जारी विज्ञप्तीमा उल्लेख छ।

    इच्छुक कलाकारले तालिमका लागि पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदकले नेपाली कथानक चलचित्र वा विज्ञापन चलचित्रमा अभिनय गरेको हुनुपर्ने नियम छ।

    विज्ञप्ती अनुसार, भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एक प्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनय सम्वन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ। साथै, बोर्डको इमेल [email protected] मा पनि पठाउन सकिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij