आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो

  • प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४



  • कैलाली, पुस १४ । आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले वर्चस्व जमाएको छ ।

    धनगढी सम्पन्न प्रतियोगितामा १६८ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरी ९४ पदकसहित पहिलो भएको हो ।

    दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण, १३ रजत र २९ कास्य गरी ५१ पदक प्राप्त गर्‍यो । यस्तै तेस्रो स्थानमा रहेको भुटानले ६ स्वर्ण, २ रजत र १ कास्य गरी ९ पदकमा चित्त बुझाएको छ भने श्रीलंकाले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदक हासिल गरेको छ । बंलादेशले १ स्वर्ण, २ रजत, २ कास्य गरी ५ पदक र पुछारमा रहेको पाकिस्तानले १ स्वर्ण र १ रजत गरी २ पदकमै चित्त बुझाएको छ ।

    सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा कुमुतो विधातर्फ भने नेपालका विभागीय र क्षेत्रीय टिमहरुले बर्चश्व जमाएका छन् । कुमुतोमा एपीएफ प्रथम हुँदै नगद ५१ हजार, द्वितीय भएको सुदुरपश्चिमले ३१ हजार र तृतीय भएको पश्चिमाञ्चलले २१ हजार पुरस्कार पाएका छन् ।

    बुधबार सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij