आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तौलिहवा अस्पताल शिशु सघन कक्ष सञ्चालनमा ल्याउने तयारी

  • प्रकाशित मिति : बुधबार, पुस १९, २०७४



  • कपिलवस्तु, पुस १९ । कपिलवस्तुको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष सञ्चालनमा ल्याइने भएको छ ।

    आगामी एक महिनाभित्र शिशु सघन कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

    फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष बिजय जैसवालले जानकारी दिए ।

    कपिलवस्तुमा सघन कक्ष नहुँदा उपचार गराउन आउने बिरामीलाई अस्पतालले भैरहवालगायतका स्थानमा रिफर गर्दै आएको छ ।

    तौलिहवा अस्पतालले पछिल्ला दिनमा सेवा सुविधा बढाउँदै लगेको छ ।

    २०२८ सालमा स्थापना भएको यो अस्पतालले पछिल्ला दिनमा पाठेघरको शल्यक्रिया, हाईड्रोसिल, हर्निया, ऐपेन्डिसाइटिसलगायतका रोगको उपचार गर्न थालेको थियो ।

    यसैबीच अस्पतालले १२ करोड रुपैयाँको लागतमा निर्माणधीन ५० बेडको सुबिधा सपन्न भवन आगामी असारभित्रै निर्माण सपन्न हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij