आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्सनललाई पछि पार्दै टोटनह्याम पाँचौ स्थानमा

  • प्रकाशित मिति : बुधबार, पुस १९, २०७४



  • स्वान्सी सिटीलाई हराउँदै टोटनह्याम इंग्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।

    लिग अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामले रेलिगेसन जोनको स्वान्सी सिटीलाई २ – ० ले पराजित गर्दै आर्सनललाई पछि पारेको हो।

    स्वान्सीको घरेलु मैदानमा टोटनह्यामलाई जित दिलाउन फर्नान्डो लोरेन्ट र डेली अलीले समान एक एक गोल गरे । स्वान्सीमाथि जित निकाल्न टोटनह्यामले दुवै हाफमा एक एक गोल गरेको थियो ।

    पहिलो हाफको १२ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा  थप एक गोल गर्यो । खेलको ८९ औं मिनेटमा डेली अलीले गोल गर्दै टोटनह्यामलाई २ – ० को सफलता दिलाए ।

    यो जितपछि पाँचौ स्थानको टोटनह्यामले २१ खेलबाट ४० अंक जोडेको छ। २२ खेलबाट मात्र १६ अंक जोडेको स्वान्सी लिगको पुछारमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड छन्। तेस्रो स्थानमा चेल्सी र चौथोमा लिभरपुल छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij