आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एथ्लेटिको मड्रिड फर्किएका कोस्टाले मैदान छिरेको पाँच मिनेटमै गोल गरे

  • प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४



  • एथ्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा इस्पोर्टिओलाई ४ – ०ले हराएको छ। बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा १० खेलाडीमा सिमित लिइदा इस्पोर्टिओलाई पराजित गर्ने क्रममा डिएगो गोडिन, फर्नान्डो टोरेस, डिएगो कोस्टा र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरेका थिए। एथ्लेटिको मड्रिडले पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

    इस्पोर्टिओमा भएको खेलमा  घरेलु टोलीमाथि एकतर्फी जित निकाल्ने क्रममा एथ्लेटिकोले खेलको ३३ औं मिनेटमा डिएगो गोडिनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ३७ औं मिनेटमा टोरेसले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिकोले २ – ० को अग्रता बनायो ।

    दोस्रो हाफको खेलको ६९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एथ्लेटिकोलाई ३ – ० को अग्रता दिलाए ।

    इंलिस क्लब चेल्सीबाट क्लब फर्किएका कोस्टाले मैदान छिरेको पाँच मिनेट भित्रै गोल गरेका हुन्। कोस्टा खेलको ६४ औं एन्जल कोरियाका स्थानमा मैदान छिरेका थिए । चेल्सीलाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका कोस्टा जनवरीको ट्रान्सफर विण्डो खुलेसँगै एथ्लेटिको फर्किएका हुन् ।

    खेलको इन्जुरी समयमा मार्क ट्रिलिसले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पोर्टिओ १० खेलाडीमा सीमित भयो। घरेलु टोलि १० खेलाडीमा सिमित भएको फाइदा एथ्लेटिको मड्रिडले लियो । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा ग्रिजम्यानले गोल गर्दै गरेपछि एथ्लेटिको मड्रिडलाई ४–० को सहज जित दिलाए। दुई टोलीबीचको दोस्रो लेग एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij