आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धामीको भर पर्दा भाइरल ज्वरोबाट चारको मृत्यु, तीनसय बढी विरामी

  • प्रकाशित मिति : शनिबार, पुस २२, २०७४



  • जाजरकोट, पुस २२ । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ ।

    रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो ।

    त्यस्तै वडा नं २ कै आठ वर्षीय धनबहादुर विकको आज मृत्यु भएको छ । ज्वरो र रुघाखोकीले ३०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्यचौकीमा दैनिक ४०÷५० जना भाइरलका बिरामी आउने गरेको बताइएको छ ।

    “बिरामी रोग लाग्नेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्था नआउने र झारफुक गर्नतिर लाग्ने भएकाले यस्तो समस्या देखिएको हो”, इन्चार्ज सिंहको भनाइ छ ।

    जुनीचाँदे गाउँपालिका– १ का जुनीचाँदे, काप्रा, बड्कुले र कार्कीगाउँ, वडा नं २ को मजकोट, आलीमौगाना– ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन चार जना बिरामी परेको स्थानीयवासी काशीराम न्यौपाने बताउँछन् ।

    जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । बिरामीमा घाँटी, टाउको र हातखुट्टा दुख्ने,सुक्खा खोकी, चिटचिट पसिना आउने, ज्वरो आउने लगायत समस्या देखिने गरेको छ ।

    त्यस्तै बारेकोट गाउँपालिका वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताए । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ ।

    भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचानका लागि प्रयोगशाला प्राविधिक कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएको छ ।

    “रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, “एच एक एन एक हो कि भनेर टेष्ट किट पठाएका छौँ ।

    यदि एच एक एन एक भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।”

    प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली गएको नेपालीले बताए ।

    औषधि अभाव हुन नदिन शुक्रबार मात्र एक ट्र्याक्टर औषधि पठाइएको उनले जानकारी दिए । अहिले चिसोका कारण जिल्लाका सबै ठाउँमा बिरामीको संख्या ह्वात्तै बढेको छ ।
    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij