आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्सनल एफए कपको तेस्रो चरणबाटै बाहिरियो

  • प्रकाशित मिति : सोमवार, पुस २४, २०७४



  • आर्सनल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ। दोस्रो डिभिजनको क्लब नटिङघम फोरेस्टसँग ४ – २ ले पराजित हुँदै  साबिक विजेता आर्सनल प्रतियोगिताबाट बाहिरिएको हो ।

    घरेलु मैदानमा आर्सनललाई  राेक्न नटिङघम फोरेस्टका इरिक लिचजले दुई तथा बेन बरेटोन र केइरोन डोवेलले एकएक गोल गरे। यता  आर्सनलका लागि पेर मेर्टेसेकर र ड्यानी वेलबेकले  एकएक गोल फर्काएका थिए।

    नटिङघमले पहिलो हाफको २० औं मिनेटमा लिचजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।  त्यसको तीन मिनेट नबित्दै आर्सनलका मेर्टेसेकरले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। तर, खेलको ४४ औं मिनेटमा लिचजले व्यक्तिगत दोस्रो गोल गर्दै नटिङघमलाई पहिलो हाफमा २ – १ को अग्रता दिलाए।

    पहिलो हाफमा २ – १ ले अघि रहेको नटिङघमले ६४ औं मिनेटमा बेरेटोनको गोलबाट अग्रता ३ – १ को बनायो। खेलको ७४ औं मिनेटमा आर्सनलका वेलबेकले गोल गर्दै खेल ३ – २ मा ल्याए। तर, खेलको ८५ औं मिनेटमा डोवेलले गोल गर्दै नटिङघमलाई ४ – २ को सहज जित दिलाए।

     जोय वोरल्लले  ८९ औं मिनेटमा रातो कार्ड पाएपछि अन्तिम समयमा नटिङघम १० खेलाडीमा समिति भएको थियो।

    योसँगै आर्सनल सन् १९९६ पछि पहिलोपटक एफए कपको तेस्रो चरणबाट बाहिरिएको छ। एफए कपमा आर्सनल सर्वाधिक विजेता समेत हो। उसले १३ पटक उपाधि जितिसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij