आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भिएआर प्रविधि प्रयोग गरिएको पहिलो खेलमा ब्राइटन विजयी

  • प्रकाशित मिति : मङ्लबार, पुस २५, २०७४



  • काठमाडौं, पुस २५ । क्रिष्टल प्यालेसलाई हराउँदै ब्राईटन एण्ड होभ आल्बियोन एफए कप फुटबलको चौथो चरणमा उक्लिएको छ ।

    गएराति आफ्नै मैदानमा भएको खेलमा ब्राईटनका ग्लेन मरेले आफ्नै पुरानो क्लब प्यालेसविरुद्ध निर्णायक गोल गरेका थिए । यसअघि ब्राईटनका डेल स्टेफेन्स र प्यालेसका बकारी साकोले एक–एक गोल गरेका थिए ।

    यो खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर.) प्रविधि प्रयोग गरिएको थियो । इङ्ल्यान्डमा कुनै पनि प्रतिस्पर्धात्मक फुटबल खेलमा पहिलो पटक यो प्रविधि प्रयोग गरिएको हो ।

    खेलका क्रममा रेफ्रीलाई निर्णय दिन कठिन भएको अवस्थामा यो प्रविधिको सहायता लिन पाईन्छ । यो प्रविधिको प्रयोग फुटबल म्याचको दौरान मुख्य चारवटा अवस्थामामात्रै गर्न पाईन्छ । गोल, पेनाल्टी, सिधा रातो कार्ड र खेलाडी पहिचानमा समस्या हुँदा यो प्रविधि प्रयोग गर्न पाईने व्यवस्था आधुनिक फुटबलमा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij