आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

को हुन् मेसी र नेइमारभन्दा धनी फुटबलर?

  • प्रकाशित मिति : मङ्लबार, पुस २५, २०७४



  • विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्छ। तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबलर हुन्।

    ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तानसमेत रहेका १९ वर्षीय बोलकिया ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन्। हसनलसँग कुल २० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ।

    फैकका पिता, सुल्तान हसनलका कान्छा भाइ जेफ्री बोलकियाका ब्रुनईको अर्थ मन्त्री तथा ब्रुनई इन्भेस्टमेन्ट एजेन्सीको अध्यक्षसमेत थिए। जेफ्रीसँग करिब २ बिलियन डलर बराबरको सम्पति रहेको छ।

    फैकका पिता विलासिता जीवन विताउँछन् । उनीसँग २ हजार भन्दा धेरै विलासी गाडी तथा विभिन्न देशमा बंग्लो रहेका छन् । उनको ५० औं जन्मदिनको पार्टीमा उनले पप गायनका राजा मानिने माइकल जेक्सनलाई १७ मिलियन अमेरिकी डलर खर्चिदै प्रदर्शन गर्न लगाएका थिए ।

    ११ वर्षको उमेरमा साउथह्याम्प्टनको युथ एकेडेमीबाट फुटबल सुरु गरेका बोलकियाले करिब २ वर्ष त्यस एकेडेमीमा विताउँदा पनि व्यावसायिक सम्झौता भने पाएनन्। त्यसपछि रिडिङ एफसी र आर्सनलको एकेडेमीबाट प्रशिक्षण गरेका बोलकिया चेल्सीसँग २ वर्षको सम्झौतामा आबद्ध भए। चेल्सीसँगको सम्झौतामा केहि समय बाँकी हुँदै उनले पछि लेस्टरसँग तीन वर्षको सम्झौता गरे । उनी हाल लेस्टरको रिजर्भ टोलीबाट खेल्दै छन् र प्रिमियर लिग डेब्युको प्रतिक्षामा छन् ।

    अमेरिकामा जन्मिएका बोलकिया अमेरिका र ब्रुनईको राष्ट्रिय टोली दुवैबाट खेल्न योग्य रहेपनि उनले ब्रुनई नै रोजे । १९ वर्षको उमेरमा उनले ब्रुनईको राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पनि पाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij