आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्मीलाई हराउँदै एपीएफ उपाधिनजिक

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • विभागीय टोली नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको उपाधिनजिक पुगेको छ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुपर लिग अन्तर्गत मंगलबार विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि २–१ को जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो। सुपरलिगमा अब सबै टोलीले १–१ खेल खेल्न बाँकी छ।

    एपीएफको जितमा अनिता केसी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीका लागि कप्तान कृष्णा खत्रीले एक गोल गरिन्।

    १७ औं मिनेटमा एपीएफकी गोलरक्षक एन्जिला थुम्बापो सुब्बाको कमजोर किपिङमा आर्मीकी कप्तान कृष्णा खत्रीले गोल गर्दै खेलमा अग्रता दिलाएकी थिइन्।  पहिलो हाफसम्म १-०ले अगाडि रहेको आर्मी दोस्रो हाफमा खस्कियो।

    एपीएफका लागि ५० औं मिनेटमा अनिता केसीले सावित्रा भण्डारीको हेडरलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याइन्। ८३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपिएफको जित निश्चित गरिन्।

    खेलको इन्जुरी समयमा एपीएफका मनमाया लिम्बु दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिए पछि एपिएफ १० खेलाडीमा सिमित भएको थियो। यद्यपी आर्मीले त्यसको फाइदा लिन सकेन।

    जितपछि एपिएफ दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने, समान ३-३ अंक भएको आर्मी र नेपाल पुलिस दोस्रो र तेस्रो स्थानमा छन्।

    यसअघि मंगलबारै भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिममाथि १–० को कठिन जित निकाल्यो। पुलिसको जितमा रुपा रानामगरले ३१ औं मिनेटमा गोल गरिन्।

    सुपर लिग अन्तर्गत आज अन्तिम खेलहरु हुँदैछन् । सुपर लिगको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दा एपीएफले नेपाल पुलिसको सामना गर्नेछ। यस खेलमा जित हात पारे एपीएफ च्याम्पियन बन्नेछ।

    प्रतियोगिताको विजेताले २ लाख रूपैया प्राप्त गर्नेछ । दोस्रो हुने टिमले १ लाख तथा तेस्रोले ५० हजार प्राप्त गर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij