आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारोत्तोलनमा संगीता राईको राष्ट्रिय कीर्तिमान

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • पोखरा, पुस २६ । राखेप च्याम्पियनसिपअन्तर्गत् पोखरामा जारी राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगीता राईले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

    पोखरामा ३५ वर्षपछि आयोजित भारोत्तोलनको महिला ४८ केजी तौल समूहको क्लिन एन्ड जर्कमा राईले बुधबार ६६ केजी तौल उठाउँदै १२ वर्षअघि वीरगन्जमा नीता थापाले राखेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।

    स्न्याचतर्फ ५२ केजी उचालेकी राईले समग्रमा भने थापाको ११८ केजीको कीर्तिमान बराबरीमात्रै गरेकी छन् ।

    गत वर्ष दुईओटा प्रतियोगितामा रजतपदकमा खुम्चिएकी राईले तेस्रो प्रयासमा भने राष्ट्रिय कीर्तिमानसहितको स्वर्णपदक उचालिन् ।

    उदयपुर घर भएकी राईले चार वर्षको नियमित प्रशिक्षणपछि स्वर्णसहित कीर्तिमान कायम गर्न सकेकोमा खुसी व्यक्त गरिन् ।

    उनले भनिन्-‘प्रहरीमा प्रवेश गरेपछि नियमित प्रशिक्षण गर्न पाएँ । त्यसैको प्रतिफल हो यो ।’

    क्लिन एन्ड जर्कमामात्रै नभइ राईले स्न्याचमा पनि स्वर्ण जितिन् । उनले ५२ केजी तौल उठाइन् ।

    प्रतियोगितामा २८ जिल्ला र तीन विभागीय टोलीका १८२ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij