प्रकाशित मिति : सोमवार, माघ १, २०७४
फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नान्टेसमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ। नेइमार बिनै खेलेको पिएसजीले नान्टेसलाई १–० ले हराएको हो। खेलको १२ औँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।
नेइमारमा फिटनेसमा समस्या रहेको देखाउँदै प्रशिक्षकले आराम दिएका हुन्। विवादास्पद रातो कार्डका कारण डिएगो कार्लोस इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सीमित भएको थियो।
जितपछि लिडर पिएसजीको २० खेलबाट ५३ अंक भएको छ । नान्टेस ३३ अंकसहित पाँचौँ स्थानमा छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij