आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेफ्रीले खेलाडीलाई हिर्काएर रेड कार्ड देखाए (भिडियो)

  • प्रकाशित मिति : सोमवार, माघ १, २०७४



  • फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको खेलमा रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका छन् ।

    खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए। कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे। दुबै मैदानमा लडेका थिए।

    रेफ्रिले उठ्दै गरेका कार्लोसलाई खुट्टाले हाने अनि पहेलो कार्ड देखाए। खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्डसँगै रातोकार्ड निकालेर देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए।

    मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैंले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन्।

    खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको थियो। नान्टेसका अध्यक्षले खेलमा रेफ्रीको लापरबाही भएको भन्दै कारबाहीको माग गरेका छन्। उनले रेफ्री चाप्रोनलाई कम्तिमा ६ महिनाको प्रतिबन्ध लगाउनुपर्ने मागसमेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij