आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेसी पेनाल्टीमा चुके, बार्सिलोना स्तब्ध

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०७४



  • स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत् क्वार्टरफाइनलको पहिलो लेगको खेलमा उपाधि दाबेदार टोलीहरु बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित भएका छन् ।

    बिहीबार बिहान सम्पन्न खेलमा बार्सिलोनालाई स्पानुयलले १–० ले स्तब्ध पारेको हो ।

    स्पानुयलको मैदानमा भएको खेलमा लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो ।

    ८८औं मिनेटमा घरेलु टोलीका लागि ओस्कार मेलेन्डोले निर्णायक गोल गर्दै स्पानुयललाई जित दिलाए ।

    यस्तै, अर्को उपाधि दाबेदार टोली एथ्लेटिको मड्रिड पनि क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।

    घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड सेभियासँग २–१ ले पराजित भएको हो ।

    पाहुना टोलीलाई जिताउन जेसस नाभास र जोयक्विन कोर्रेयाले १–१ गोल गरे । एथ्लेटिको मड्रिडका लागि डिएगो कोस्टाले १ गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij