पहिलो दुई दिनमा फिल्मले १ करोड १० लाख कलेक्सन गर्न सफल भएको थियो जसमा उपत्यकाबाट ७० लाख र उपत्यका बाहिरबाट ४० लाख ग्रस रहेको छ । त्यस्तै आइतबार र सोमबार फिल्मले देशभरबाट ८४ लाख ग्रस कमाइ गरेको थियो जसमा उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाख छ ।
रामबुको नयाँ फिल्मबाट समिक्षकहरू त्यति खुशी नभए पनि दर्शकहरूले ‘मिस्टर झोले’को कमेडी पाटो र कलाकारलाई मनपराइरहेका छन्। फिल्ममा दयाहाङ तथा दीयाका अलावा वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।
रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
