आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘बटरफ्लाई’को कमाइ ‘एक करोड नाघ्यो’

  • प्रकाशित मिति : शनिबार, माघ ६, २०७४



  • काठमाडौं, माघ ६ । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बटरफ्लाई’ दोस्रो हप्ता पनि हलमा चलिरहेको छ ।

    चलचित्र राम्रो चलेको कार्यकारी निर्माता रमेश प्रजापतिको भनाइ छ । उनले चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।

    चलचित्रले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको उनले जानकारी दिए । दर्शकहरुको राम्रो प्रतिक्रियाले टिम उत्साहित बनेको उनले जनाए ।

    गत शुक्रबार कुमारी हलमा प्रेस शो हेरिसकेपछि सिने कलाकारहरुले पनि बटरफ्लाईलाई सकारात्मक प्रतिक्रिया दिएका थिए ।

    केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको बटरफ्लाईमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।

    ओमप्रतिक गुरुङको निर्देशनमा बनेको चलचित्रमा अर्पण थापा, रवीन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरवीर पण्डितलगायतको पनि अभिनय रहेको छ ।

    पुष्पान्जली अधिकारी सखा, रामशरण राना र भूपेन्द्र सुवेदी चलचित्रका निर्माता हुन् ।

    चलचित्र अब बेलायत र जापानमासमेत छिट्टै प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij