आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पक्राउ परेका भारतका ‘बिन लादेन’ को नेपाल कनेक्सन

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०७४



  • काठमाडौँ । नयाँ दिल्लीको प्रहरीका स्पेशल सेलले भारतीय मुजाहिदीन–एसआईएमई का आतंकी अब्दुल सुभान कुरेशीलाई पक्राउ गरेको छ ।

    पक्राउअघि कुरेशी र प्रहरीबीच केहीबेर गोलीबारी पनि भएको बताइएको छ ।

    भारतीय प्रहरीका अनुसार कुरेशी सन् २००८ मा गुजरातमा भएको शृंखलाबद्ध विस्फोटका मास्टरमाइन्ड थिए । उनी कयौँ वर्षदेखि नेपालमा बस्दै आइरहेका थिए ।

    डीएसपी पीएस कुशवाहाले पत्रकार सम्मेलनमा अब्दुल सुभान कुरेशी उर्फ तौकीर कुरेशीलाई शनिबार दिल्लीको गाजीपुर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनीमाथि ४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि थियो ।

    पक्राउपछि उनलाई १४ दिन रिमान्डमा राखिएको छ ।

    ‘कुरेशी आतंकवादीहरुलाई प्रशिक्षण दिन देशभर क्याम्प आयोजना गर्थे । कर्नाटक, गुजरात, मध्यप्रदेश र युपीमा उसको राम्रो पकड थियो,’ कुशवाहाले भने, ‘बैंगलुरु, हैदरावादको एउटा नाम चलेको आइटी कम्पनीमा समेत उसले काम गरिसकेको छ । ऊ इन्जिनियर पनि हो । तर, राम्रो तलब पाउने काम छाडेर ऊ आतंकवादी गतिविधिमा सामेल भए । दिल्ली, अहमदाबाद र बैंगलुरु ब्लास्टमा मोस्ट वान्टेड थिए ।’

    नेपालमा बस्थे
    कुशवाहाका अनुसार कुरेशी कयौँ वर्षदेखि फर्जी दस्तावेजको आधारमा नेपालमा बसिरहेका थिए । ‘२ वर्षअघि उनी नेपाल हुँदै साउदी अरब पुगेका थिए,’ उनले भने ।

    जब सिमी इन्डियन मुजाहिदीनको नेतृत्व खत्तम भएको भन्ने भान भयो, कुरेशी त्यसलाई फेरि ब्युँताउन भारत आइपुगे ।

    कुरेशीसँग ९ एमएमको पेस्तोल र गोली बरामद भएको छ भने केही फर्जी दस्तावेज पनि प्राप्त भएको छ ।

    कुरेशीलाई विश्वकै खतरनाक ‘बम्बर’ को रुपमा गनिने प्रहरीको भनाई छ । उनलाई भारतको ओशामा बिन लादेन पनि भनिने भारतीय मिडियाले उल्लेख गरेको छ ।

    भनिन्छ, सन् २००६ मा मुम्बईमा भएको रेल ब्लास्टमा पनि उनको हात थियो ।

    कुरेशी सिमीको शीर्ष कमान्डर थिए । उनले अन्य आतंकीको मद्दतले भारतीय मुजाहिदीन शुरु गरेका थिए ।

    गुजरातमा भएको थियो २१ वटा शृंखलाबद्ध ब्लास्ट
    सन् २००८ को २६ जुलाईमा अहमदाबादमा ७० मिनेटको अन्तरालमा २१ बम ब्लास्ट भएका थिए । यसमा ५६ जनाको मृत्यु भएको थियोभ ने २ सयभन्दा बढी घाइते भएका थिए । त्यस्तै, सन् २००६ को जुलाई ११ मा मुम्बाईमा भएको रेल बम हमलामा २ सय जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी घायल भएका थिए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij